logo
२०८१ असोज ६ आईतवार



भारतमा कोरोना संक्रमित हुने चार हजार नाघ्यो, १०९ को मृत्यु

फिचर |
अन्तर्राष्ट्रिय |


भारतमा कोरोना संक्रमित हुने चार हजार नाघ्यो, १०९ को मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २४ गते । पछिल्लो तीन दिनमा भारतमा कोरोनाभाइरसका एकहजार बढी संक्रमित थपिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाभाइरसको संक्रमण चार हजार ६७ जनामा पुष्टि भएको छ । भाइरसको संक्रमणबाट हालसम्म १०९ जनाको मृत्यु भएको छ । पछिल्लो १२ घण्टामा मात्रै २६ वटा मृत्युको घटना दत्र्ता गरिएको छ । जुन अहिलेसम्मकै उच्च हो । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको तथ्याङ्क बमोजिम तीन हजार ६६६ जनामा कोरोनाभाइरस सक्रिय छन् । २९१ जना निको भई घर फर्केका छन् । संक्रमितमा ६५ जना विदेशी नागरिक छन् । भाइरसको संक्रमणले सबैभन्दा बढी मृत्यु महाराष्ट्रमा दत्र्ता गरिएको छ । आर्थिक राजधानी मुम्बई शहर पर्ने महाराष्ट्रमा मात्रै ४५ जना मृत्यु दत्र्ता गरिएको छ । गुजरातमा ११, मध्यप्रदेशमा नौ तथा तेलङ्गाना र दिल्लीमा सातसात जनाको मृत्यु भएको हो ।
कोरोनाभाइरस संक्रमितको संख्या पनि महाराष्ट्रमा सबैभन्दा बढी छन् । जहाँ ६९० वटा संक्रमण दत्र्ता गरिएको छ । तामीलनाडूमा ५७१, राजधानी दिल्लीमा ५०३ जनामा संक्रमणको पुष्टि भएको छ । तेलङ्गानामा ३२१, केरलामा ३१४ र राजस्थानमा २५३ जना संक्रमित फेला परेका छन् ।
पश्चिमी नेपालसँग जोडिएको भारतको उत्तरप्रदेशमा २२७ तथा आन्ध्रप्रदेशमा २२६, मध्यप्रदेशमा १६५, १५१ जना कर्नाटका र १२२ जना गुजरात राज्यमा संक्रमितको पहिचान गरिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जम्मु काश्मीरमा १०६, हरियाणामा ८४, पश्चिम बङ्गालमा ८०, पञ्जाबमा ६८ जनामा संक्रमणको पुष्टि भएको छ । नेपाली भूभागसँग लामो दूरीमा सीमा जोडिएको भारतको बिहार राज्यमा भने ३० जनामा संक्रमणको पुष्टि भएको छ । अस्साम र उत्तराखण्डमा सामान २६ जना संक्रमित छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?