logo
२०८१ असोज ६ आईतवार



बेलायतका प्रधानमन्त्री जोन्सन ‘आईसीयू’मा भर्ना

फिचर |
अन्तर्राष्ट्रिय |
पढ्नै पर्ने |


बेलायतका प्रधानमन्त्री जोन्सन ‘आईसीयू’मा भर्ना


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २५ गते । कोरोनाभाइरसबाट संक्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई सघन हेरचाह(इन्टेन्सिभ केयर)मा लगिएको छ । सोमबार अक्सिजन दिदा पनि स्वास्थ्य अवस्थामा बिग्रिदै गएको थियो । ५५ वर्षीय प्रधानमन्त्री जोन्सनको स्वास्थ्य अवस्थामा समस्या भएपछि आइतबार अस्पताल भर्ना हुनुभएको थियो ।
प्रधानमन्त्रीका एकजना प्रवक्ताले स्वास्थ्य अधिकारीहरुको सल्लाहमा उहाँलाई इन्टेन्सिभ केयरमा लगिएको हो । सघन हेरचाहका लागि भर्ना हुनुअघि प्रधानमन्त्री जोन्सनले विदेश सचिब डोमिनिक रबलाई आवश्यकता बमोजिम निर्णयहरु लिन अख्तियार प्रदान गर्नुभएको छ । बीबीसीका अनुसार सघन हेरचाहका लागि भर्ना हुनुअघि उहाँलाई अक्सिजन दिइएको थियो । यद्दपी भेन्टिलेटरमा राखिएको छैन् ।
प्रधानमन्त्री जोन्सनलाई लण्डनस्थित सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको छ । विपक्षी दलका नेता सर कैर स्टामरले प्रधानमन्त्रीको स्वास्थ्य खबरबाट स्तब्ध भएको जनाउनुहुँदै अप्ठ्यारो समयमा प्रधानमन्त्री र उहाँको परिवारजनसँगै रहेको प्रतिक्रिया दिनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?