logo
२०८१ असोज ६ आईतवार



अमेरिकामा एकैदिन एक हजार आठसयको मृत्यु, विश्वमा १४ लाख संक्रमित

फिचर |
अन्तर्राष्ट्रिय |


अमेरिकामा एकैदिन एक हजार आठसयको मृत्यु, विश्वमा १४ लाख संक्रमित


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २६ गते । अमेरिकामा कोरोनाभाइरसको संक्रमणले मङ्गलबार एकैदिन एक हजार आठसय जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट कुनै देशमा एकैदिनमा मृत्यु भएको यो सबैभन्दा ठूलो संख्या हो ।
म्यारील्याण्डस्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार भाइरस संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या १३ हजार नाघेको छ । विश्वविद्यालयले अमेरिकामा संक्रमित हुने तीन लाख ९८ हजार पुगेको जनाएको छ । विश्वमा कोरोना संक्रमितको संख्या करिब चौध लाख नाघेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दैनिक मृत्यु हुनेको संख्या चरम अवस्थामा पुगेको हुनसक्ने बताउनुभयो । भाइरस संक्रमणको सुरुवात भएको चीनको वुहान शहरमा भने १४ हप्ताको लकडाउन खोलिएको छ ।
भाइरस संक्रमणले सबैभन्दा बढी प्रभावित भएको अमेरिकाको न्युर्योक शहरमा मात्रै मङ्गलबार ७३१ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?