logo
२०८१ असोज ६ आईतवार



कोरोनाभाइरस महामारी–मृत्यु हुने एक लाख नाघ्यो

फिचर |
अन्तर्राष्ट्रिय |


कोरोनाभाइरस महामारी–मृत्यु हुने एक लाख नाघ्यो
तस्विर-अलजजिरा


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २९ गते । विश्वब्यापी महामारीको रुप लिएको कोरोनाभाइरसले दैनिक एक लाख व्यक्तिलाई संक्रमण बनाउन थालेको छ । शुक्रबार र शनिबार लगातार दुई दिनमा विश्वभरि करिब दुई लाख संक्रमित भएका छन् ।
कोरोनाभाइरस संक्रमणको तथ्याङ्क सङ्कलन तथा अध्ययन गर्दै आएको अमेरिकाको म्यारील्याण्डस्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार पछिल्लो २४ घण्टामा सात हजार जनाको मृत्यु भएको छ । विश्वविद्यालयले कोरोनाभाइरसका नयाँ संक्रमित, मृत्यु र निको हुनेको तथ्याङ्क सङ्कलन तथा अद्यावधिक गर्दै आएको छ । शनिबार बिहानसम्म संक्रमित हुनेको संख्या १६ लाख ९६ हजार १३९ पुगेको छ । संक्रमित हुनेको संख्या शुक्रबारसम्म १६ लाख ४२७ थियो ।
अमेरिकामा शुक्रबारसम्म चार लाख ६५ हजार संक्रमित रहेकोमा शनिबार बिहानसम्म संक्रमित हुने पाँच लाख ३९९ पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा करिब ३५ हजार नयाँ संक्रमित थपिएका छन् । अमेरिका, फ्रान्स र दक्षिण एशियाली राष्ट्र भारतमा पछिल्लो दिनमा संक्रमित हुनेको संख्या दैनिकरुपमा वृद्धि हुँदै आएको छ । अमेरिका र फ्रान्समा संक्रमित हुने सबैभन्दा बढी छन् । भारतमा भने एकैदिन संक्रमित हुने संख्या करिब एकहजारसम्म पुग्न थालेको छ ।
पछिल्लो चौबिस घण्टामा अमेरिकामा सबैभन्दा बढी दुई हजार २५६ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणले एकैदिन मृत्यु भएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो तथ्याङ्क हो । अमेरिकामा हालसम्म कोरोनाभाइरसको संक्रमणले १८ हजार ६६९ जनाको मृत्यु भएको छ । अमेरिकापछि सबैभन्दा बढी स्पेनमा एक लाख ५८ हजार २७३ जना संक्रमित छन् । स्पेनमा एकैदिन पाँच हजार संक्रमित थपिएका छन् । इटालीपछि कोरोना संक्रमणले बढी मृत्यु हुने दोस्रो राष्ट्र स्पेन हो । स्पेनमा शनिबार बिहानसम्म १६ हजार ८१ जना संक्रमितको मृत्यु भएको छ ।
इटालीमा एक लाख ४७ हजार संक्रमित छन् । मृत्यु हुने १८ हजार ८४९ छन् । इटालीमा पछिल्लो २४ घण्टामा ६४९ जनाको मृत्यु भएको छ । फ्रान्समा भने संक्रमित हुनेको संख्या दरमा तिब्ररुपमा कमी आएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा मात्र सात हजार नयाँ संक्रमित थपिएका छन् । फ्रान्समा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुने १३ हजार १९७ पुगेको छ । पछिल्लो २४ घण्टामा फ्रान्समा ९८७ जनाको मृत्यु दत्र्ता गरिएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतमा कोरोना संक्रमितको संख्या करिब सात हजार पुगेको जनाएको छ । विश्वविद्यालयले भने भारतमा सात हजार छसय जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको उल्लेख गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?