logo
२०८१ मंसिर १० सोमवार



लकडाउनमा मौलाउदै बन्यजन्तुको तस्करी

फिचर |
पढ्नै पर्ने |


लकडाउनमा मौलाउदै बन्यजन्तुको तस्करी


प्रेम अधिकारी
पशुपतिनगर(इलाम) चैत्र २९ गते ।  कोरोना संक्रमण पछि गरिएको लकडाउनको समयमा मानिसको आवातजावत कम भए भएपछि इलाम जिल्लाका सामुदायिक तथा निजी वनजंगलमा बन्यजन्तुको चोरी तस्करी बढेको छ ।
वन जंगलमा सरकारी कर्मचारी र स्थानीय मानिसको समेत उपस्थिति शून्य जस्तै भए पछि सिकारीले लकडाउनको मौका छोरी बन्यजन्तुको चोरी तस्करी गरीरहेका हुँन ।
झापासंग सिमाना जोडिएको इलामको माई नगरपालिका , रोङ गाउँपालिका सहित भारत संग सिमाना जोडीएको माईजोगमाई गाउँपालिका ,सन्दकपुर गाउँपालिका , सूर्योदय नगरपालिका सहितका जिल्लाका नीजि तथा सामुदायीक बनबाट चोरी तस्करी भैरहेको छ । सिकारीले जंगलमा पासो थापेर बन्यजन्तु मार्ने गरेका छन ।

उनीहरुले भरुवा बन्दुकको प्रयोग गरी बन्यजन्तुको सिकार गरिरहेका छन । स्थानीय स्तरमा निर्माण गरिएका र प्रहरीमा समेत दर्ता नभएका भरुवा बन्दुकको प्रयोग गरी सिकारीले बन्यजन्तुको तस्करी गरिरहेको पाईएको छ । यी क्षेत्रका जंगलमा दिउसो र रातको समयमा दैनिक दर्जनौ पटक बन्दुक पड्किएको आवाज सुनिने गरिएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार फुर्सदको समयमा चोक बजार सुनसान भएको बेला सिकारीको बासै बनजंगलमा हुने गरेको छ ।

बिश्वमै दुर्लभ रेडपाण्डा , जंगली मृग , हरिण , सालक आदिको चोरी सिकार भैरहेको छ । घना जंगलमा सरकारी कर्मचारीको समेत उपस्थिति शून्य भएको बेला नेपाल तथा भारतका तस्करले बन्यजन्तु मार्ने गरेको स्थानीयले बताएका छन् । डिभिजन बन कार्यालय इलामका डिभिजनल वन अधिकृत मेघराज राईले माई नगरपालिकाका बिभिन्न सामुदायीक बन हुँदै झापा देखिका सिकारी बन्दुक सहित इलामका बनमा प्रवेश गरेकाले खोजी तिब्र पारीएको जानकारी दिनु भयो । उहाले भन्नु भयो ‘सिकारी टाढा देखिका जंगज पसेका छन, खोखी गरीरहेका छौ ’। प्रमुख राईले सामुदायीक मात्र नभएर नीजि बनमा समेत बन्यजन्तुको शिकार गर्न र मार्न नपाउने भए पनि कानुन बिपरीत कार्य भैरहेको जानकारी दिनु भयो ।

सन्दकपुर गाउँपालिकाको चोयाटार , हागेथाम लगायतका क्षेत्र रेडपाण्डाको बसोबास गर्ने स्थान हुन । बन्यजन्तु सहजै पाउने भए पछि हुल बाधिएर जंगल पस्ने सिकारीले बन्यजन्तु मार्नुका साथै कतिपय बन्यजन्तुको बिक्रीबितरणका लागि लैजाने गरेका छन् । मृग, हरिण , खरायो , बँदेल मारेर खाने गरेका शिकारीले रेडपाण्डा, सालक आदिको छाला बिक्री गर्ने गरेका छन् । सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादुर राईले कोरोना नियन्त्रण र रोकथाममा सबैको ध्यान केन्द्रित भएका बेला सिकारीले मौका छोपेको जानकारी दिनुभयो । उहाले यस्तो समयमा स्थानीय समुदायनै सक्रिय भएर बन्यजन्तुको संरक्षणमा लाग्नु पर्ने बताउनु भयो । जिल्लाका ग्रामिण क्षेत्रमा स्थानीय स्तरमा निर्माण गरिएका भरुवा बन्दुकको प्रयोग सिकारीले गर्ने गरेका छन् । यस्ता हतियार जी.आई. पाईपको प्रयोग गरी स्थानीय स्तरमा संचालित आरनहरुमा नै निर्माण गर्ने गरिएको पाईन्छ । जिल्लामा प्रहरीले गत बर्ष मात्र पनि दर्ता भएका हतियार संकलन गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक हिरा बहादुर पाण्डेले कोरोना नियन्त्रण र रोकथामका लागि सिंगो राज्य संयन्त्र नै खटीएको बेला आपराधीक गतिविधि बढ्न सक्ने बताउनुभयो । उहाले बन्यजन्तुको चोरी तस्करीका घटना थाहा पाएमा बनजंगल आसपासका प्रहरी चौकीमा खबर गरिदिन स्थानीयलाई आग्रह समेत गर्नु भयो ।
भारतको सिंहलिला नेशसन पार्क नजिक भएका कारण पनि बिभिन्न प्रजातिका बन्यजन्तु इलाम सहितका लेकाली बनमा प्रसस्त पाईन्छ । इलाम , पाँचथर र तापलेजुङका लेकाली बनमा बिश्वमै दुर्लभ रेडपाण्डा पाईने गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?