गोरखापत्र अनलाइन
काठमाडौं, चैत २९ गते । विगत २४ घण्टामा ८९७ जनाको स्वाबको नमुना जाँच गरिएकोमा कसैमा पनि संक्रमण फेला नपरेको बताइएको छ ।
त्यसमा ६०९ काठमाडौंमा र २८८ नमुना काठमाडौं बाहिर जाँच गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो
अहिलेसम्म नेपालमा स्वाब परीक्षणको संख्याका चार हजार ४२६ रहेको छ र सरकारले यसको दायरा बढाएको छ ।
यस्तै काठमाडौमा केन्द्रिय जन स्वास्थ्य प्रयोगशालमा मात्र स्वाब परीक्षण गरिने गरिएकोमा वीर अस्पतालबाट शुरु भएको र टेकुस्थित शुक्रचार अस्पतालबाट पनि भोलिबाट नमुना परीक्षण शुरु गरिने भएको छ ।