logo
२०८१ असोज ६ आईतवार



कोरोनाभाइरस संक्रमित हुने २० लाख नाघ्यो, रुसमा तीनदिनमा दोब्बर संक्रमित

फिचर |
अन्तर्राष्ट्रिय |


कोरोनाभाइरस संक्रमित हुने २० लाख नाघ्यो, रुसमा तीनदिनमा दोब्बर संक्रमित


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ३ गते । विश्वब्यापी महामारी घोषणा गरिएको कोरोनाभाइरसबाट संक्रमित हुने २० लाख नाघेको छ । सबैभन्दा बढी संक्रमित संयुक्त राज्य अमेरिकामा पुष्टि भएको छ । अमेरिकामा बुधबारसम्म संक्रमित हुने छ लाख नाघेको छ ।
कोरोनाभाइरस संक्रमितको तथ्याङ्क दत्र्ता गर्दै आएको अमेरिकाको म्यारील्याण्डस्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार बुधबार साँझसम्म संक्रमित हुने २० लाख ९८४ पुगेको छ । सबैभन्दा बढी संक्रमित अमेरिकामा छ लाख नौ हजार ६८५ रहेका छन् । स्पेनमा एक लाख ७७ हजार ६३३ तथा इटालीमा एक लाख ६२ हजार ४८८ जना संक्रमित छन् । जर्मनीमा संक्रमित हुने एक लाख ३२ हजार २१० र फ्रान्समा एक लाख ३१ हजार ३६२ तथा बेलायतमा ९४ हजार ८४७ जना संक्रमित भएका छन् ।
रुसमा पछिल्लो तीन दिनमा कोरोनाभाइरस संक्रमित हुनेको संख्या दोब्बर भएको छ । सोमबार बिहानसम्म मात्र १२ हजार संक्रमित रहेको रुसमा बुधबारसम्म २४ हजार ४९० जना संक्रमितको पुष्टि भएको विश्वविद्यालयले जनाएको छ । यद्दपी रुसले भने संक्रमितको संख्या थोरै रहेको र यो प्रकोपको रुप लिइनसकेको प्रष्ट्याएको छ । भारतमा संक्रमित हुने ११ हजार ५५५ पुगेको छ ।
विश्वविद्यालयका अनुसार कोरोनाभाइरस संक्रमणबाट विश्वभरि एक लाख २८ हजार ११ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी मृत्यु अमेरिकामा दत्र्ता गरिएको छ । अमेरिकामा मृत्यु हुनेको संख्या २६ हजार ६१ पुगेको छ । अमेरिकाको न्युर्योक राज्यमा मात्रै कोरोनाभाइरसको संक्रमणबाट दश हजार बढीको मृत्यु दत्र्ता गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?