logo
२०८१ असोज ६ आईतवार



कोरोना महामारी– एक लाख ५४ हजारको मृत्यु, २२ लाख बढी संक्रमित

फिचर |
अन्तर्राष्ट्रिय |


कोरोना महामारी– एक लाख ५४ हजारको मृत्यु, २२ लाख बढी संक्रमित


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ६ गते। विश्वब्यापी महामारी घोषणा गरिएको कोरोनाभाइरसको संक्रमणले मृत्यु हुने एक लाख पचास हजार नाघेको छ । शनिबार बिहानसम्म कोरोनाभाइरस संक्रमणले मृत्यु हुनेको संख्या एक लाख ५४ हजार २०९ पुगेको छ । २२ लाखभन्दा बढी संक्रमित रहेका छन् ।
अमेरिकाको म्यारिल्याण्डस्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार शनिबार बिहानसम्म २२ लाख ४३ हजार ५१२ जना संक्रमित भएका छन् । सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा सात लाख एक हजार ४७५ जनामा संक्रमणको पुष्टि भएको छ । स्पेनमा एक लाख ९० हजार ८३९ र इटालीमा एक लाख ७२ हजार ४३४ जना संक्रमितको पुष्टि भएको विश्वविद्यालयले उल्लेख गरेको छ ।
फ्रान्समा संक्रमित हुने एक लाख ४९ हजार १३० र जर्मनीमा एक लाख ४१ हजार ३९७ जना संक्रमित रहेका छन् । बेलायतमा एक लाख नौ हजार ७६९ जना संक्रमितको पुष्टि भएको छ । जर्मनीमा संक्रमित मृत्यु दर कम हुँदा बेलायतमा बढी देखिएको छ ।
रुसमा ३२ हजार आठ जनामा संक्रमणको पुष्टि भएको छ । नेदरल्याण्डस्मा ३० हजार ६१९ जना संक्रमित छन् । स्वीटजरल्याण्डमा २७ हजार ७८ जना संक्रमित छन् । भारतमा भने पछिल्लो सातादेखि संक्रमित हुनेको दरमा कमी आएको छ । शनिबार बिहानसम्म १४ हजार ३५२ जना संक्रमितको पुष्टि भएको विश्वविद्यालयले जनाएको छ । भारतमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४८६ पुगेको छ ।
अमेरिकामा मात्रै ३४ हजारभन्दा बढीको कोरोनाभाइरस संक्रमणले मृत्यु भएको छ । अमेरिकाको न्युर्योक शहरमा मात्रै १३ हजार ३०२ जनाको संक्रमणबाट मृत्यु भएको हो ।
इटालीमा २२ हजार ७४५ तथा स्पेनमा २० हजार दुईजनाको संक्रमणले मृत्यु भएको विश्वविद्यालयले आफ्नो वेबसाइटमा अद्यावधिक तथ्याङ्कमा उल्लेख गरेको छ । कोरोनाभाइरस संक्रमणले फ्रान्समा १८ हजार ६८१ र बेलायतमा १४ हजार ५७६ जनाको मृत्यु दत्र्ता गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?