logo
२०८१ मंसिर १० सोमवार



संक्रमितसँग सम्पर्कमा आएकाहरुको ट्रेसिङ गरिदै

फिचर |


संक्रमितसँग सम्पर्कमा आएकाहरुको ट्रेसिङ गरिदै


वसन्त पराजुली
नारायणगढ वैशाख ६ गते । चितवनको राप्ती नगर पालिकामा भेटिएका कोरोना भाईरस (कोभिड १९) को संक्रमित ब्यक्तिहरुको सम्पर्कमा आएकाहरुको पहिचानको काम (ट्रेसिङ) शुरु गरिएको छ । शुक्रवार साझ उनीहरुमा संक्रमण पुष्टि भएसगै जिल्ला प्रशासन कार्यलय र जनस्वास्थ्य कार्यालयले पहिचानको काम शुरु गरेको हो ।

संक्रमित दुवै चैत ३ गते कतार एयरवेज मार्फत बेलायतबाट हङ्कङ हुर्दै नेपाल आएका हुन् । नेपाल आएपछि उनिहरुले कसकसलाई कहाँ कहा भेटे भन्ने वारेमा अहिले खोजी भै रहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । उनिहरु सार्वजनिक सवारी साधनवाटै चितवन आएका वताइन्छ ।

सक्रमित आमा छोरा हुन् । उनिहरु नेपाल आएपछि दुई दिन काठमाडामा बसेर चितवन आएका थिए । अहिले सक्रमितको घर र परिवार सवैलाई आइसोसलेशनमा राखिएको छ । कतिलाई घरमै क्वारेनटाइनमा राखिएको छ भने कतिलाई भतपुर अस्पताललको आइसोलेशनमै राखिएको छ ।

“संक्रमितको मनोबल बढाउने र अन्यलाई पनि सुरक्षित राख्नेतर्फ ध्यान केन्द्रित गरिएको छ”, शर्माले भन्नुभयो । राप्ती नगर पालिकाकी प्रमुख प्रभा वरालले उनिहरु आएपछि आफन्तलाई भेटघाट गरेको भन्ने कुरा आएकाले सवै परिवारलाइ बुद्ध शान्ति कलेजमा छुट्टै क्वारेन्टिन बनाएर राखिने तयारी भैरहेको जानकारी दिनुभयो ।

संक्रमितहरुको बुधबार ¥यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) गर्दा शंकास्पद देखिएपछि भरतपुरमा पिसीआर मेसिनवाट स्वायव परिक्षण गरिएको थियो । भरतपुर कोरोना प्रयोगशालामा उनिहरुको संक्रमण पोजेटिभ देखिएपछि थप परिक्षणका लागि केन्द्रिय प्रयोगशाला काठमाण्ठौ पठाइएको थियो । केन्द्रिय प्रयोगशालावाट शुक्रवार साझ उनिहरुमा कोरोना सक्रमणको पुष्टि गरेपछि अहिले जिल्लामा सर्तकता अपनाइएको हो ।

संक्रमित दुवैलाई भरतपुर अस्पतालको आइसोलेसनको क्याविन कक्षमा राखिएको भरतपुर अस्पतालका अध्यक्ष ड.भोजराज अधिकारीले जानकारी दिनुभयो । उनिहरुको पुन एक हप्ता पछि स्वायवको परिक्षण गरिने छ ।

स्वास्थ्य अवस्था सामान्य

संक्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले जनाएका छन् । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीका अनुसार संक्रमित दुवै जना सामान्य अवस्थामा छन् ।

उनीहरुलाई कुनै औषधि चलाइएको छैन । उनीहरुको उच्च निगरानी भने गरिएको अस्पतालले जनाएको छ । चितवनमा भेटिएको संक्रमित यो पहिलो हो । राप्ती नगरपालिका–८ का ६३ वर्षीया महिला (आमा) र २७ वर्षीय पुरुष (छोरा) हुन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?