logo
२०८१ असोज ६ आईतवार



कोरोना महामारी– २४ लाख संक्रमित, एक लाख ६५ हजारको मृत्यु

फिचर |
अन्तर्राष्ट्रिय |


कोरोना महामारी– २४ लाख संक्रमित, एक लाख ६५ हजारको मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ८ गते । विश्वब्यापी महामारीको रुप लिएको कोरोनाभाइरसबाट संक्रमित हुने २४ लाख तीन हजार ९६३ पुगेको छ । विश्वका कुल संक्रमितमध्ये करिब एक तिहाइ संयुक्त राज्य अमेरिकामा मात्रै छन् । संयुक्त राज्य अमेरिकामा सात लाख ५९ हजार ४६७ जनामा संक्रमणको पुष्टि भएको छ ।
अमेरिकास्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरस संक्रमणले विश्वभरि करिब एक लाख ६५ हजार २२७ जनाको मृत्यु भएको छ । कोरोनाभाइरसको संक्रमणले सबैभन्दा बढी मानवीय क्षति अमेरिकामा नै भएको छ । अमेरिकामा मात्रै ४० हजार ५९१ जनाको मृत्यु भएको छ । जुन कोरोनाभाइरस संक्रमणले मृत्यु भएकाको करिब २५ प्रतिशत हो । अमेरिकाको न्युर्योक शहरमा मात्रै १४ हजार ४५१ जनाको भाइरस संक्रमणबाट भएको मृत्यु दत्र्ता गरिएको छ ।
विश्वविद्यालयका अनुसार अमेरिकापछि सबैभन्दा बढी संक्रमित स्पेनमा छन् । तर मृत्यु भने इटालीमा उच्च छ । स्पेनमा एक लाख ९८ हजार ६७४ जनामा कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । मृतक २० हजार ४५३ छन् । इटालीमा एक लाख ७८ हजार ९७२ जना संक्रमित छन् । सोमबार बिहानसम्म इटालीमा २३ हजार ६६० जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।
फ्रान्समा एक लाख ५४ हजार ९८ जनामा संक्रमणको पुष्टि भएको छ । १९ हजार ७१८ जनाको मृत्यु भएको छ । चौथो सबैभन्दा बढी मृत्यु हुने बेलायतमा छन् । बेलायतमा एक लाख २१ हजार १७२ जना संक्रमित छन् । पछिल्लो दुई सातामा बेलायतमा संक्रमित र मृत्यु हुनेको संख्या निरन्तर बढ्दै छन् । जर्मनीमा एक लाख ४५ हजार ७४२ जना संक्रमित छन् । तर मृत्युदर जर्मनीमा कम देखिएको छ । जर्मनीमा चार हजार ५१२ जनाको मृत्यु भएको छ ।
पछिल्ला दिनहरुमा संक्रमणको उच्च चपेटामा परेको रुसमा कुल संक्रमित ४२ हजार नाघेको छ । रुसमा भने मृत्युदर अत्यन्तै थोरै छ । ४२ हजार बढी संक्रमितमध्ये ३६१ जनाको मृत्यु भएको विश्वविद्यालयले जनाएको छ ।
दक्षिण एशियाली राष्ट्र भारतमा संक्रमित हुनेको संख्या १७ हजार ६१५ पुगेको छ । भारतमा प्रतिदिन करिब एक हजारभन्दा बढी नयाँ संक्रमित थपिदै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?