logo
२०८१ मंसिर ११ मंगलवार



बन्दाबन्दीले सिमसारक्षेत्रमा चराहरुको चहलपहल बढ्यो

फिचर |
पढ्नै पर्ने |


बन्दाबन्दीले सिमसारक्षेत्रमा चराहरुको चहलपहल बढ्यो


चाँदनी आचार्य
लम्की,वैशाख ९ गते । जैविक विविधताले महत्वपुर्ण विश्व सिमसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी तालक्षेत्र हिजो आज बन्दाबन्दीका कारण चराचुरुङ्गीको चहलपहल बढ्न थालेको छ ।

दैनिक सयौ पर्यटक अवलोकनकालागि आउने उक्त ताल क्षेत्रमा बन्दा बन्दिसंगगै सुनसान बनेपछि एकान्तमा रमाउने बन्यजन्तुहरुको चहलपहल बढेको स्थानीयले बताएकाछन् । तालको वरपरको वातावरण चराचुङ्गीको आवाज ले मनै लोभ्याउने बनेको ताल नजिकै घर भएका स्थानीय पदम ढकालले बताउनुभयो ।

हालैमात्र गरिएको सर्वेक्षणबाट उक्त ताल क्षेत्रमा ३२३ प्रजातीका चराहरु रहेको पाइएकोछ । बृहत घोडाघोडी संरक्षण तथा पर्यटनबोर्डका अनुसार घोडाघोडी सिमसार क्षेत्रमा पाइने चराहरु मध्ये २८ प्रजातीका चरा राष्ट्रियस्तरमै लोपोन्मुख रहेका छन् भने दुई प्रजातीका अति लोपोन्मुख र ४१ प्रजातीका खतराको सूचीमा रहेकाछन् ।

कैलो टाउके हाँस,खोले हुटिट्याँउ, सुनौलो तोपचरा, कालो खैरो गिद्ध,सेतो गिद्ध, कुरारी फ्यालफ्याले, माछाकुल लगायतका लोपहुने खतरामा रहेको बोर्ड उपाध्यक्ष दयाराम चौधरीले बताउनुभयो ।
मानविय गतिविधिका कारण चराहरु लोपहुने खतरामा परेको बताउदै लामो समयको बन्दाबन्दीकाकारण तालक्षेत्रमा मानवको आवतजावत नभएको र चराहरु एकान्तमा रमाउनपाएकाले चहलपहल बढेको उपाध्यक्ष चौधरीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?