केशवराज पौडेल
काठमाडौ, वैशाख १० गते । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय सांसदमा प्रतिनिधित्व गर्ने सांसदहरुसँग पार्टी स्थापना दिवसको अवसरमा छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री एवं पार्टी अघ्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी स्थापना दिवसको अवसरमा बालुवाटारमा संघीय संसदमा प्रतिनिधित्व गर्नेे नेकपाका सांसदहरूसँग प्रदेशस्तरीय समुहमा छलफल गरिरहनु भएको छ ।
सुदूरपश्चिम प्रदेशबाट शुरू भएको छलफल प्रदेश नं १ र वागमती प्रदेश हुँदै क्रमशः सातवटै प्रदेशका सांसदहरूसँग आज र भोलिसम्म गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
छलफलमा जारी अध्यादेश र कोरोना भाइरसविरूद्दको लकडाउन लगायतका विषयहरूमा सांसदहरूलाई स्पष्ट गर्न यसरी छलफल गरिएको सल्लाहकार थापाले जानकारी दिनुभयो ।