logo
२०८१ असोज ६ आईतवार



स्वास्थ्य कार्यकत्र्तामाथि आक्रमण भए सातवर्षसम्म कैद र पाँच लाखसम्म जरिवाना हुने अध्यादेश स्वीकृत

फिचर |
अन्तर्राष्ट्रिय |


स्वास्थ्य कार्यकत्र्तामाथि आक्रमण भए सातवर्षसम्म कैद र पाँच लाखसम्म जरिवाना हुने अध्यादेश स्वीकृत


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १० गते । भारत सरकारले स्वास्थ्य कार्यकत्र्तामाथि आक्रमण गर्ने व्यक्तिमाथि सातवर्षसम्मको कैद र पाँच लाख जरिवानासहितको अध्यादेश ल्याउने तयारी गरेको छ । भारतको विभिन्न राज्यमा कोरोनाभाइरस संक्रमितको पहिचान र उपचारमा संलग्न चिकित्सकहरुमाथि आक्रमणको एकपछि अर्को घटना सार्वजनिक भएपछि सरकारले यस्तो तयारी थालेको हा । भारतीय चिकित्सक संघले आक्रमणपछि गृहमन्त्री अमित शाहको माग सम्बोधन गर्ने आश्वासनपछि संघर्षको कार्यक्रम रोकेको थियो ।
भारतीय सञ्चारमाध्यमहरुले भारतको केन्द्रीय मन्त्री प्रकाश जावेडकरलाई उद्धृत गर्दै मन्त्रीपरिषद्बाट बुधबार उक्त अध्यादेशको स्वीकृति दिइएको बताउनुभयो । अध्यादेशमा स्वास्थ्य कार्यकत्र्तामाथि कुनै प्रकारको हिंसा गरिएको पाइएमा संलग्न व्यक्तिलाई पक्राउ पूर्जी बिना नै पक्राउ गर्न सकिने व्यवस्था गरिएको छ । र त्यस्ता व्यक्तिमाथि धरौटीमा रिहा गर्ने प्रावधान समेत हुने छैन् । उहाँले अध्यादेशमा आक्रमणबाट गम्भिर घाइते हुन पुगेमा क्षतिपूर्ति र उपचारको व्यवस्था समेत आक्रमणकारीबाट नै पूर्ति गर्न लगाउने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
आक्रमणमा स्वास्थ्य कार्यकत्र्ता गम्भिर घाइते हुन पुगेमा छ महिनादेखि सात वर्षको कैद र एक लाखदेखि पाँच लाख जरिवाना हुने व्यवस्था गरिएको मन्त्री जावेडकरलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । प्रस्तावित अध्यादेशले प्रकोप रोग ऐन, १८९७ लाई संशोधन गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?