logo
२०८१ असोज ६ आईतवार



दोस्रो विश्व युद्ध जितेका सय वर्षिय एक अमेरिकी कोरानासँग पराजित भए

फिचर |
अन्तर्राष्ट्रिय |


दोस्रो विश्व युद्ध जितेका सय वर्षिय एक अमेरिकी कोरानासँग पराजित भए


इश्वरचन्द्र झा
काठमाडौं, वैशाख १२ गते । दोस्रो विश्व युद्धका अनुभवी एकजना सैन्य अधिकारीको कोभिड–१९ को संक्रमणबाट सय वर्षको उमेरमा मृत्यु भएको छ । उहाँको जुम्ल्याहा भाईको भने एक सय वर्षअघि सन् १९१८ को महामारीमा मृत्यु भएको थियो ।
अमेरिकाको न्युर्योकस्थित नसौ काउन्टीका फिलिप कान दोस्रो विश्वयुद्धको अनुभव बटुल्ने न्युर्योकका सबैभन्दा जेठा व्यक्ति हुनुहुन्थ्यो । फिलिप कान आफू जिउँदो छदै अर्को महामारी आउनसक्ने त्रासमा हुनुहुन्थ्यो ।
उहाँको नाती वारन जिसमनले सिएनएनसँगको कुराकानीको क्रममा बाजेसँगको क्षणहरु सुनाउँदै बेलीबिस्तार लगाउनुभयो । “इतिहास जहिलेपनि दोहोरिन्छ, लामो समयका लागि एकसय वर्ष ठूलो होइन”, बाजेको भनाइलाई उद्धृत गर्दै वारन जिसमनले उल्लेख गर्नुभयो ।
कान र उहाँको जुम्ल्याहा भाई सैम्युलको जन्म सन् १९१९ को डिसेम्बर ५ मा भएको थियो । जन्मेको केही सातामा भाई सैम्युलको मृत्यु भएको थियो । सन् १९१८ बाट सुरु भएको स्पैनिस फ्लुको नाम दिइएको इन्फ्लुएन्जा महामारीले सैम्युलको मृत्यु भयो । स्पैनिस फ्लुले विश्वभरि करिब पाँच करोड व्यक्तिको मृत्यु भएको थियो । अमेरिकी रोग नियन्त्रण तथा उन्मूलन केन्द्रका अनुसार छ लाख ७५ हजार अमेरिकी नागरिक फ्लुको कारण ज्यान गुमाउन पुगे ।
कोरोनाभाइरसको संक्रमणले अमेरिकामा ४७ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको छ । जोन हप्कीन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ को संक्रमणले न्युर्योक राज्यमा मात्रै १९ हजार जनाको मृत्यु दत्र्ता गरिएको छ ।
दोस्रो विश्वयुद्धमा फिलिप कान अमेरिकी वायु सेनामा सिपाहीको भूमिकामा हुनुहुन्थ्यो । उहाँ इन्जिनियर र सहायक हवाइचालक भएर विश्वयुद्धमा सहभागी हुनुभयो । दोस्रो विश्वयुद्धमा सेवा दिए वापत् उहाँले दुई दर्जन रजत युद्ध पदक पाउनुभएको छ ।
नाती जिसमनका अनुसार विश्वयुद्धपछि इलेक्ट्रिकल फरम्यानको रुपमा काम गर्दै उहाँ ‘वल्र्ड ट्रेड सेन्टर’ निर्माणमा जुट्नुभयो । कोरोनाभाइरसको प्रकोपले महामारीको रुप लिदा अधिकांश समय फिलिप कानले समाचार हेर्दै बिताउनुभएको थियो ।
जीवनको उत्तराद्र्धमा उहाँ महामारीबारे राम्ररी अवगत् हुनुभएको थियो । अप्रिल १७ मा मृत्यु हुनुअघि उहाँमा खोकी लाग्ने र श्वास फेर्न समस्या देखिएको जिसमनले बताउनुभयो । कोरोनाभाइरसबाट संक्रमित भएको हुनसक्ने उहाँले अनुमान लगाउनुभएको थियो ।
जिसमनका अनुसार जीवनको अन्तिम केही दिन यता फिलिप कानले आफ्नो जुम्ल्याहा भाइबारे चर्चा गर्नुभएको थियो । १०० वर्षीय कानमा कोरोनाभाइरस संक्रमणको पुष्टि भयो तर परिवारजनले उहाँ जिवित छँदै स्वास्थ्य प्रतिवेदन प्राप्त गर्न सकेन । जिसमनका अनुसार उहाँले ठूलो संख्यामा सैन्य संस्कारको इच्छा राख्नुभएको थियो तर महामारीका बीच उहाँको इच्छा पुरा गर्न सकिएन ।
कानसँगै दोस्रो विश्वयुद्धमा जलसेनामा सेवा गरेका एकजना सैन्यको छोराका लागि चिहान बनाएर सैन्य समारोह आयोजना गरियो तर सामाजिक दूरी बनाएर मात्रै । कानसँगै दोस्रो विश्वयुद्धमा अमेरिकी सेनामा सेवा गर्नुभएका सैम्पसन लेष्टर फ्रैडम्यान पनि संस्कारमा सहभागी हुनुभयो । फ्रैडम्यान भन्नुहुन्छ, “उहाँ विमानमा इन्जिनियरको रुपमा कार्यरत हुनुहुन्थ्यो र जहिले पनि काम गर्न जागरुक देखिनुहुन्थ्यो, वास्तवमै उहाँमा केही विशेष थियो ।”
जिसमनका अनुसार कान प्रत्येक विदाको दिन, प्रत्येक समारोहमा आफ्नो जुम्ल्याहा भाईका बारेमा कुरा गर्नु हुन्थ्यो । “भाईको जन्म भएको केही सातामै मृत्यु हुँदाहुँदै उहाँमा भाईलाई भेटने चाहनाले मन सधैं दुख्थ्यो े ।”– कानका नाती जिसमनले बाजेको संस्मरण सुनाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?