logo
२०८१ असोज ७ सोमवार



न्यू योर्कमा कोरोना परीक्षण गर्न फार्मेसीलाई पनि दिइयाे अनुमति

फिचर |
स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


न्यू योर्कमा कोरोना परीक्षण गर्न फार्मेसीलाई पनि दिइयाे अनुमति



गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १४ गते । कोरोना भाइरस (कोभिड–१९)सँग लड्नको लागि अमेरिकाको सबैभन्दा प्रभावित न्यू योर्क शहरमा कोरोना भाइरसको परीक्षण गर्न फार्मेसीलाई अनुमति दिइएको छ ।

दैनिक ४० हजारको परीक्षण गर्न अस्पताल र प्रयोगशालाहरुले मात्र गर्न असमर्थ हुँदा यस्तो अनुमति दिइएको हो ।

करिब पाँच हजार फार्मेसीहरुले ४० हजार परीक्षण गर्नको लागि मद्दत गर्नसक्ने न्यू योर्कका गभर्नर एन्ड्री क्युमोले बताउनुभयो ।

नौ लाख ३८ हजार संक्रमित रहेको अमेरिकामा ५३ हजार ७५१ जनाको मृत्यु भइसकेको छ । न्यू योर्कमा मात्रै मृत्यु भएको संख्या एकतिहाई पुगेको छ ।

यसैबीच, नियमित पत्रकार सम्मेलन गर्नुको कुनै औचित्य नभएको बताउँदै राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छैन ।
टीवटरमा टीवट गर्नुहुँदै उहाँले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो । बिहीबार ह्वाइट हाउसमा भएको नियमित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले कोरोना भाइरसबाट निको भएका विरामीलाई प्रयोग गर्दै कोरोना भाइरसको उपचार गर्ने भनाइ राखेपछि उहाँको चर्काे आलोचना हुँदै आएको छ ।

यसैबीच, न्यू योर्कको स्वतन्त्र रहेको एक बजेट अफिसका अनुसार न्यू योर्कमा मात्रै चार लाख ७५ हजारको रोजगारी गुम्ने बताएको छ । एजेन्सीको सहयोगमा

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?