logo
२०८१ असोज ७ सोमवार



चिनियाँ ‘नेशनल पिपुल कँग्रेस’को सभा तय

फिचर |
अन्तर्राष्ट्रिय |


चिनियाँ ‘नेशनल पिपुल कँग्रेस’को सभा तय


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १७ गते । चिनियाँ ‘नेशनल पिपुल कँग्रेस’को वार्षिक सभा आगामी मई महिनामा हुने भएको छ । यसअघि ‘नेशनल पिपुल कँग्रेस’ को सभा मार्च ५ तारखेका लागि निर्धारण गरिएकोमा कोभिड–१९ को संक्रमणका बीच स्थगित हुन पुगेको थियो ।
बीबीसीका अनुसार ‘नेशनल पिपुल कँग्रेस’को सभा २२ मईका लागि तय गरिएको छ । चिनियाँ सञ्चारमाध्यमहरुलाई उद्धृत गर्दै बीबीसीले चीनमा सन् १९६६–७६ मा सांस्कृतिक क्रान्ति भए यता पहिलोपटक व्यवस्थापिका बैठक सारिएको थियो । चीनमा कोभिड–१९ को जोखिम न्यून भएको छ । दैनिक एकाई संख्यामा मात्रै संक्रमित फेला परेपछि जनजिवन सहज हुँदै आएको छ ।
सदनमा निर्णय लिने शिर्ष निकाय ‘नेशनल पिपुल कँग्रेस’ व्यवस्थापिकाको बैठक बस्ने अवस्था आएको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ । सभामा करिब तीन हजार ‘डेलिगेट्स’ सहभागी हुनेछन् । यद्दपी सभामा स्वरुपमा बदलाब हुने वा नहुने सम्बन्धमा केही खुलाइएको छैन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?