logo
२०८१ असोज ७ सोमवार



विश्वका एक अरब ६० करोड श्रमिकको जिविकोपार्जन खतरामा–आइएलओ

फिचर |
अन्तर्राष्ट्रिय |


विश्वका एक अरब ६० करोड श्रमिकको जिविकोपार्जन खतरामा–आइएलओ


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १८ गते । अन्तर्राष्ट्रिय श्रमिक संगठन(आइएलओ)ले कोभिड–१९ को संक्रमणले विश्वमा अनौपचारिक अर्थव्यवस्थाको करिब एक अर्ब ६० करोड श्रमिकको जिविकोपार्जन खतरामा पर्ने चेताबनी दिएको छ । आइएलओले ‘कोभिड–१९ र कामको विश्व’बारेको तेस्रो अध्ययन संस्करणको प्रतिवेदन सार्वजनिक गर्दै यस प्रकारको चेताबनी दिएको हो ।
राष्ट्र संघीय संस्था आइएलओले विश्वका करिब चार करोडभन्दा बढी खुद्रा तथा औद्योगिक उत्पादन गर्ने निकाय अवरोधको अवस्थाबाट गुज्रिरहेको जनाएको छ । विश्वभरि करिब तीन अरब ३० करोड श्रमिक छन् । जसमध्ये करिब दुई अरब श्रमिकले अनौपचारिक अर्थव्यवस्थामा कार्यरत छन् । श्रम बजारमा सबैभन्दा बढी जोखिमपूर्ण अनौपचारिक अर्थव्यवस्थाका क्षेत्र हुन् ।
पीटीआइका अनुसार आइएलओले अनौपचारिक अर्थव्यवस्थाका करिब एक अर्ब ६० करोड श्रमिकले आर्थिक मन्दीको कारण जिविकोपार्जनको क्षमता गुमाएको र जिवन जिउन संकटको सामना गरिरहेको उल्लेख गरेको छ ।
आइएलओको अनुमान बमोजिम वैश्विक लकडाउनको पहिलो महिनामा यी क्षेत्रमा कार्यरत श्रमिकले आफ्नो आयको करिब ६० प्रतिशत गुमाएको छ । अफ्रिका र अमेरिकामा करिब ८० प्रतिशत, यूरोप र मध्य एशियामा ७० प्रतिशत र एशियामा २१.६ प्रतिशत आम्दानीमा ह्रास आएको हो । आइएलओका निर्देशक गोइ राइडरले महामारीले नोकरी संकट उत्पन्न भएको र यस्तोमा जोखिमपूर्ण अवस्थामा रहेका श्रमिकको संरक्षणको दायित्व बढ्न जाने बताउनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?