logo
२०८१ मंसिर ११ मंगलवार



संक्रमित भेटिए पछि अन्सारी टाेल भृकुटी नगर स्थानमा प्रशासनले सिल गरे पछिकाे अवस्था (फोटो फिचर)

फिचर |


संक्रमित भेटिए पछि अन्सारी टाेल भृकुटी नगर स्थानमा प्रशासनले सिल गरे पछिकाे अवस्था (फोटो फिचर)
तस्बिरः गाेविन्द शर्मा/बाँके


गोविन्द शर्मा

बाँके, वैशाख २२ गते । नेपालगञ्जमा एकै टोलका १५ जनासहित १६ जनामा कोरोना संक्रमण पुष्ठि भएपछि सोमबार बाँकेका विभिन्न गाउँ सिल गरिएको छ ।

स्थानीय प्रशासनले नगरका अन्सायियान टोल,डिएसपी रोडको एउटा टोल,एक्लैनि टोल र धम्बोझी तीन दिन अघि देखि नै सिल गरेको छ । सोमबारदेखि खजुरा गाउँपालिका सिल गरिएको छ । नेपालगन्जका विभिन्न टोलमा स्थानीयले सिल गरेका छन । कोहलपुर नगरपालिकाले नेपालगन्ज सङ जोडिएको दक्षिणी क्षेत्र बन्द गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशमान श्रेष्ठका अनुसार नेपालगन्जमा हाल संक्रमितको सम्पर्कमा आएका ब्यक्तिको कन्ट्याक्ट् ट्रेसिङ हुदैछ ।

फोटो फिचरः गाेविन्द शर्मा/बाँके

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?