logo
२०८१ मंसिर ११ मंगलवार



कर्णाली प्रतिष्ठानबाट पिसिआर परीक्षण सुरु

फिचर |
पढ्नै पर्ने |


कर्णाली प्रतिष्ठानबाट पिसिआर परीक्षण सुरु


नेत्र शाही
जुम्ला, खलङ्गा वैशाख २३ गते । जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर मेसिनबाट स्वाब परीक्षण सुरु गरिएको छ । पहिलो पटक मुगुको खत्याडमा खटिएका ६ जना स्वास्थ्यकर्मी र एक जना तातोपानी गाउँपालिकाका स्थानीयको स्वाब परीक्षण गरिएको प्रतिष्ठानले जनाएको छ ।

कर्णालीको जुम्लामै पिसिआर मेसिनबाट स्वाब परीक्षण सुरु भएपछि यहाँ कोरोना परीक्षण गर्न सहज हुने भएको हो ।  निकै ठूलो चुनौति र अभावका बीच पिसिआर मेसिन सञ्चालनमा ल्याईएको जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ । 

प्रतिष्ठानले आफ्नै लगानीमा पिसिआर खरिद गरेको छ । अहिले किट कम भईरहेको छ । पहिलो चरणमा दुई सय किट आएको हो । शनिबारसम्म एक हजार किट मगाउन पहल भइरहेको छ । किट उपलब्ध हुने बित्तिकै जुम्ला भित्रिएका सबैको स्वाब परीक्षण हुने कर्णाली प्रतिष्ठान जनाएको छ । । जुम्ला, मुगु र कालिकोटबाट पनि स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी प्रतिष्ठानको छ । आवश्यक किट नहुदा पिसिआर मेसिन एक हप्ता प्रयोेगमा आउन सकेको थिएन। परीक्षण गरिएकाहरुको रिपोर्ट दुई चार घण्टाभित्रै आउने प्रतिष्ठानले जानकारी दिएको छ ।
यो संकट घडिमा समग्र कर्णालीको लागि यो खुसिको विषय हो । अब बाहिर जिल्लाबाट आएकाहरुको स्वाब संकलन गरेर सहजै रुपमा परिक्षण गर्न सकिने भएको हो । पिसिआर मेसिन सञ्चालनको लागि दक्ष जनशक्ति तयारी अवस्थामा थियो ।

यो मेसिनले एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिने बताईएको छ । अहिले मान्छे जिल्ला वाहिरबाट भित्रिने क्रम बढिरहेको छ । यो बेला अस्पतालमा राम्रो तयारी छ । यसअघि काठमाण्डौबाट हेलिकप्टरमा जुम्ला पुगेको टोलीले स्वाब लिएर परीक्षण गरि नेगेटिभ नतिजा आएको छ । उनीहरु जिल्लामै स्वाब परीक्षण गर्न पाउने र तत्काल रिपोर्ट आउने भएकोेले निकै राम्रो हुने बताउछन् । 

कर्णाली प्रदेश सरकारले पनि प्रतिष्ठानलाई तत्कालिन कर्णालीका पाँच जिल्ला जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालिकोट कर्णाली प्रतिष्ठानले हेर्ने गरि कार्यक्षेत्र निर्धारण गरेको छ । अब कर्णालीमा मेडिकल मार्च निकै प्रभावकारी ढंगले अघि बढ्ने आशा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?