logo
२०८१ मंसिर ११ मंगलवार



सुदूरपश्चिममा कोरोना बिजेताको पुनः परीक्षण गरिदै

फिचर |
पढ्नै पर्ने |


सुदूरपश्चिममा कोरोना बिजेताको पुनः परीक्षण गरिदै
फाइल तस्बिर


भवानी ऐर
धनगढी । कोरोना जितेर सुदूरपश्चिमका अस्पतालबाट डिस्चार्ज भएका कोरोना संक्रमितको पुनः परीक्षण लिन थालिएको छ । अन्य प्रदेशमा निको भएर अस्पतालबाट डिस्चार्ज भएका संक्रमितको पुनः परीक्षण गर्दा तीन जनामा फेरी कोरोना संक्रमण पुष्टि भएकोले सुदूरपश्चिममा निको भएर घर फर्किएका बिरामीको पुनः परीक्षण लिन सुरु गरिएको हो ।

धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय संक्रमित युवकको थ्रोट स्वाब परीक्षण गरिएको छ । उहाँमा कोरोना नभएको पुष्टि भएको भन्दै सेती प्रादेशिक अस्पतालका कोभिड–१९ उपचार विभाग प्रमुख डा. शेरबहादुर कमरले बाँकी तीन जनाको पनि पुनः परीक्षण गर्ने तयारी भईरहेको बताउनुभयो । डिस्चार्ज भएका चारै जना संक्रमितहरु सुरुको एक साता होम क्वारेन्टाईनमा बसेको दावी गर्दै उहाँले अहिले सबैको स्वास्थ्य अवस्था पनि समान्य रहेको बताउनुभयो ।

सुदूरपश्चिमको कोरोना विशेष सेती प्रादेशिक अस्पतालबाट धनगढीका ३४ वर्षीय युवक, लम्कीचुहाका २१ वर्षीय युवक र ६१ वर्षीय महिलासंगै कञ्चनपुरका ४१ वर्षीय पुरुष डिस्चार्ज भएका छन् । उहाँहरुलाई अस्पतालबाट डिस्चार्ज भएको १४ देखि १८ दिन भईसकेको छ । संक्रमितहरुको लगातार दुई पटक कोरोना रिर्पोट नेगेटिभ आएपछि एक हप्तासम्म होम क्वारेन्टाईनमा वस्नुपर्ने र ७ देखि १० दिनको वीचमा पुनः परीक्षण गर्नुपर्ने मापदण्ड भएअनुसार उहाँहरुको पुनः परीक्षणका लागि तयारी थालिएको बताइएको छ ।

गत चैत महिनामा एकपछि अर्को गरी ५ जनामा संक्रमण देखिदा त्रसित कैलाली कञ्चनपुरको जनजीवन अहिले लामो समयसम्म नयाँ बिरामी नभेटिएपछि जनजीवन समान्यतर्फ गएको छ । पछिल्लो पटक बैशाख १ गते कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ की ६१ वर्षीय महिलामा कोरोनाको संक्रमण देखिएको थियोभने त्यसयता कसैमा पनि संक्रमण देखिएको छैन् । विना लक्षण कोभिड–१९ पुष्टि हुन थालेपछि त्रास भने कायमै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?