logo
२०८१ मंसिर १२ बुधवार



सिंहदरवारमा प्रहरी माथि हातपात गर्ने चार चिनियाँविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइने   

फिचर |


सिंहदरवारमा प्रहरी माथि हातपात गर्ने चार चिनियाँविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइने   


काठमाडौँ, वैशाख २७ गते । सिंहदरबार अगाडि लकडाउन र निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हातपात गर्ने चार चिनियाँलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ ।    
 महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले उनीहरुलाई आइतबार अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान गरिने जानकारी दिनुभयो । शुक्रबार अपराह्न बन्दाबन्दीका समयमा निषेधित क्षेत्रको उल्लङ्घन गरी प्रहरीमाथि आक्रमण गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।    
    
परिसरका अनुसार गाभिड र लियो लाओलाई महानगरीय प्रहरी वृत्त दरबारमार्ग र ज्याङ जङ तथा गेगा न्यानीलाई सिंहदरबारस्थित वृत्तमा राखिएको छ । पक्राउ परेका अन्यलाई भने छाडिएको छ । उनीहरु घर जान पाउनुपर्ने माग राख्दै ‘वी वान्ट टु गो ब्याक होम’ लेखेको प्लेकार्ड बोकेर निषेधित क्षेत्र तोडी सिंहदरबारतर्फ आएका थिए । उनीहरूले प्रहरीको लाठी खोसेर प्रहरीलाई नै हिर्काएका थिए । त्यसको जवाफमा प्रहरीले पनि उनीहरूमाथि लाठी हानेको थियो ।    
    
सोही क्रममा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतसहित पाँच प्रहरी र छ चिनियाँ घाइते भएका थिए । पर्यटक राहदानीमा घुम्न आएका ती चिनियाँ ठमेलबाट रानीपोखरी, रत्नपार्क हुँदै सिंहदरबारतर्फको निषेधित क्षेत्रतर्फ आएका थिए ।    
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?