logo
२०८१ असोज ७ सोमवार



विश्वभरि संक्रमित हुने ४० लाख नाघ्यो, एक चौथाइ संक्रमित अमेरिकामा

फिचर |
अन्तर्राष्ट्रिय |


विश्वभरि संक्रमित हुने ४० लाख नाघ्यो, एक चौथाइ संक्रमित अमेरिकामा


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २८ गते । विश्वभरि ४० लाखभन्दा बढी व्यक्तिमा कोभिड–१९ को संक्रमणको पुष्टि भएको छ । अमेरिकास्थित जोन हप्कीन्स विश्वविद्यालयले कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ७९ हजार ३११ रहेको अद्यावधिक जनाएको छ ।
विश्वविद्यालयको तथ्याङ्क बमोजिम अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । विश्वभरि संक्रमितको एक चौथाई अमेरिकामा पुष्टि भएको छ । कुल संक्रमित ४० लाख २४ नौ जना पुगेकोमा अमेरिकामा मात्रै १३ लाख नौ हजार ५५० जनामा संक्रमणको पुष्टि भएको छ । स्पेनमा दुई लाख २३ हजार ५७८ र इटालीमा दुई लाख १८ हजार २६६ तथा बेलायतमा दुई लाख १६ हजार ५२५ जना संक्रमित छन् ।
मृतकमध्ये एक तिहाइ अमेरिकाकै छन् । अमेरिकामा ७८ हजार ७९५ जनाको कोरोना संक्रमणले मृत्यु दत्र्ता गरिएको छ । अमेरिकापछि बेलायतमा ३१ हजार ६६२ जना संक्रमितले ज्यान गुमाएका छन् । अधिकांश राष्ट्रमा परीक्षण दर थोरै हुँदा संक्रमितको संख्या दत्र्ता गरिएकोभन्दा धेरै हुने अनुमान गरिएको छ ।
स्पेन, फ्रान्स लगायतका यूरोपेली राष्ट्रमा संक्रमण दर र मृत्युदरमा कमी आएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा एक महिना यताकै सबैभन्दा कम मृत्यु दत्र्ता गरिएको छ । आइतबार फ्रान्समा ८० जनाको मृत्यु भयो ।
लकडाउनमा खुकुलो गरिएको दोस्रो चरणको तरङ्ग आउनसक्ने जोखिमका बीच आर्थिक अवस्था सुधारको प्रयासस्वरुप केही राष्ट्रले लकडाउन खुकुलो पार्दै आएका छन् । ल्याटिन अमेरिकी राष्ट्र ब्राजिल र एशिया एवम् यूरोप जोड्ने रुसमा भने संक्रमितको संख्या तीब्ररुपमा बढ्दैछन् । ब्राजिलमा संक्रमितको संख्या एक लाख ५६ हजार पुगेको छ । रुसमा एक लाख ९८ हजार ६७६ जनामा संक्रमणको पुष्टि भएको विश्वविद्यालयले उल्लेख गरेको छ ।
अफगानिस्तानमा लकडाउनकै बीच हिंसा हुँदा छ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?