काठमाडौँ, वैशाख २८ गते । सरकारले आइतबारदेखि काठमाडौं उपत्यकामा लकडाउन केही खुकुलो गरेपछि उपत्यकाका सडकमा सवारीसाधनको चाप बढेको छ । आइतबारदेखि राजधानीमा आंशिकरुपमा सरकारी कार्यालय, प्राइभेट कार्यालय, बैंक तथा वित्तिय संस्थाका कार्यालय खुलेपछि सडकमा सवारीसाधनको चाप बढेको हो ।
यस अवधिमा सरकारले सडकमा सवारीसाधनका लागि कार्यालय समयमा मात्र सवारी साधान गुडाउन दिने उद्देश्य अनुरुप टाइम कार्ड लागु गरेर सवारीसाधन चलाउन समय छुट्याइएको छ ।
फोटो फिचरः कविता थापा /गोरखापत्र