logo
२०८१ असोज ७ सोमवार



भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा मुक्कामुक्की

फिचर |
अन्तर्राष्ट्रिय |


भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा मुक्कामुक्की


गोरखापत्र अनलाइन
काठमाडौँ, वैशाख २८ गते । भारत र चीनका सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रनजिक नाकु ला पासको सिनो–इन्डिया सीमामा भिडन्त भएको छ । भिडन्तमा दुवैतर्फका केही सुरक्षाकर्मी घाइते भएका छन् ।
भारतीय अखबार द टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले भारतीय एक उच्च अधिकारीलाई उद्धृत गर्दै भिडन्तको समाचार लेखेको छ । समाचारअनुसार स्थानीय स्तरको छलफलको क्रममा दुवैतर्फका सुरक्षाकर्मीबीच भनाभन सुरु हुँदै मुक्कामुक्कीसम्म पुगेको थियो । यसअघि सन् २०१७ को अगष्टमा भारतको लद्दाखसँग जोडिएको सीमाक्षेत्र पाङ्गोङमा समेत यसै प्रकारको विवाद भएको थियो । हिन्दूस्तान टाइम्सले विवादमा एकसयभन्दा बढी दुबैतर्फका सेनाको संलग्नता रहेकोमा ११ जना घाइते भएको उल्लेख गरेको छ । सात जना चिनियाँ र चारजना भारतीय सेना घाइते भएको समाचारमा उल्लेख गरिएको छ । 
स्रोतलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले यसप्रकारको विवाद दुवैतर्फका सुरक्षाकर्मीले स्थापित प्रटोकोलबमोजिम आफैँ समाधान गर्दै आएका छन् । विवादबारे दुबै देशका सरकारी अधिकारीहरूले भने पुष्टि गरिसकेका छैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?