logo
२०८१ असोज ७ सोमवार



सगरमाथाको उचाइ नाप्ने कार्यमा जुट्दै चीन

अन्तर्राष्ट्रिय |


सगरमाथाको उचाइ नाप्ने कार्यमा जुट्दै चीन


गोरखापत्र अनलाइन
काठमाडौँ, वैशाख २९ गते । चीनले सगरमाथा (छाेमोलाङ्गमा)को उचाइ नाप्न चुचुरोसम्म पुग्ने मार्ग निर्माण कार्यको सम्भाप्तव्यताकाे काम मङ्गलबारदेखि सुरु गर्ने भएको छ । चिनियाँ सञ्चारमाध्यम सिन्वाह्वाले मौसमको अनुकूलतालाई ध्यानमा राखेर मङ्गलबारदेखि चुचुरोसम्म पुग्ने मार्ग निर्माणको सम्भाव्यता कार्य सुरु हुने उल्लेख गरेको छ ।
सिन्ह्वाका अनुसार आइतबार बिहान छ हजार पाँच सय मिटरको उचाइसम्म पुगेको मार्ग निर्माणमा संलग्न अधिकारी तथा आठहजार तीनसय मिटर तलसम्म क्याम्प निर्माणका लागि आवश्यक सामाग्री बाेकेकाे समूह सात हजार २८ मिटरको उचाइमा पुग्न यात्रा सुरु गरेका छन् । चुचुरोसम्म पुग्ने उचाइ मापन निर्माणका लागि आठ हजार तीन सय मिटरको उचाइमा शिविर निर्माण गरिने सिन्हवाले उल्लेख गरेको छ ।
मङ्गलबार १२ जना पथ प्रदर्शकको अगुवाइमा सात हजार २८ मिटरको उचाइबाट आठ हजार ३०० मिटरको उचाइमा रहेको शिविरसम्म पुग्न आवश्यक सामाग्रीसहितकाे टोलीले यात्रा प्रारम्भ गर्नेछन् । चीनले विश्वको सर्वाेच्च शिखर सगरमाथा (चाेमोलाङ्गमा)को उचाइ नाप्न अप्रिल ३० बाट नयाँ चरणको काम सुरु गरेको थियो । उक्त समूहमा प्राकृतिक स्रोत र राष्ट्रिय पर्वतारोहण समूहका अधिकारीहरू रहेका छन् ।
सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापनापछि चिनियाँ सर्वेक्षणकर्ताले छ चरणमा सर्वाेच्च शिखरको ऊचाई नाप्ने कार्य गरिसकेको छ । सन् १९७५ र २००५ मा गरी चीनले दुईपटक सगरमाथा (छाेमोलाङ्गमा)को उचाइ सार्वजनिक गरिसकेको छ । सन् १९७५ मा सर्वेक्षणपछि सगरमाथाको उचाइ आठ हजार ८४८.१३ मिटर र सन् २००५ मा आठ हजार ८४४.४३ मिटर मापन गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?