काठमाडौँ, वैशाख २९ गते । सरकारले आइतबारदेखि काठमाडौँ उपत्यकामा लकडाउन केही खुकुलो गरेपछि उपत्यकाका सडकमा सवारीसाधनको चाप बढेको छ । बन्दाबन्दी खुकुलाे पारिएकाे दाेस्राे दिन राजधानीकाे सडकमा सवारी चाप बढेको हो । आइतबारदेखि राजधानीमा आंशिकरुपमा सरकारी कार्यालय, प्राइभेट कार्यालय, बैंक तथा वित्तिय संस्थाका कार्यालय खुलेपछि सोमबार पनि सडकमा सवारीसाधनको चाप बढेको छ ।
यस अवधिमा सरकारले सडकमा सवारीसाधनका लागि कार्यालय समयमा मात्र सवारी साधान गुडाउन दिने उद्देश्य अनुरुप टाइम कार्ड लागु गरेर सवारीसाधन चलाउन समय छुट्याइएको छ ।
तस्बिर: सुजन गुरूङ्ग /गोरखापत्र