logo
२०८१ असोज ७ सोमवार



ह्वाइट हाउसका कर्मचारीलाई मास्क अनिवार्य लगाउन निर्देशन

फिचर |
अन्तर्राष्ट्रिय |


ह्वाइट हाउसका कर्मचारीलाई मास्क अनिवार्य लगाउन निर्देशन


गोरखापत्र अनलाइन
काठमाडौँ, वैशाख ३० गते । अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसले आफ्ना कर्मचारीलाई मास्क लगाउन निर्देशन दिएको छ । दुईजना सहयोगीमा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएपछि ह्वाइट हाउसले यस्तो सतर्कता अपनाउन निर्देशन दिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले ह्वाइट हाउस कार्यालयले कर्मचारीलाई आआफ्नो स्थानमा बसेर काम गरेको बाहेकको अवस्थामा अनिवार्यरुपमा मास्क लगाउनुपर्ने जनाएको छ । उपराष्ट्रपति माइक पेन्स र राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगीमा कोभिड–१९ को संक्रमणको पुष्टि भएपछि जोखिम न्यूनिकरण गर्न यस्तो सतर्कता अपनाइएको हो । राष्ट्रपति ट्रम्पले उक्त नीति आवश्यक रहेको बताउनुभयो ।
सोमबार ह्वाइट हाउसस्थित रोज गार्डेनमा सञ्चारकर्मीहरूसँग कुराकानीका लागि उपस्थित हुनुभएका राष्ट्रपति ट्रम्पले भने मास्क लगाउनुभएको थिएन । मास्क बिना नै सञ्चारकर्मीहरूमाझ उपस्थित हुनुभएका राष्ट्रपति ट्रम्पले सबैभन्दा टाढा रहेको भन्नुहुँदै आफूलाई निर्देशिका पालनाको जरुरी नरहेको टिप्पणी गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?