logo
२०८१ असोज ७ सोमवार



रुस दोस्रो सबैभन्दा बढी सङ्क्रमित देश, विश्वभरि दुई लाख ९१ हजार बढीको मृत्यु

फिचर |
अन्तर्राष्ट्रिय |


रुस दोस्रो सबैभन्दा बढी सङ्क्रमित देश, विश्वभरि दुई लाख ९१ हजार बढीको मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ३० गते । अमेरिकापछि रुस कोभिड–१९ को संक्रमणबाट दोस्रो सबैभन्दा बढी प्रभावित राष्ट्र बनेको छ । रुसमा बुधबार बिहानसम्म दुई लाख ३२ हजार २४३ जना संक्रमितको पुष्टि भएको छ ।
अमेरिकास्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार बुधबारसम्म विश्वब्यापी संक्रमितको संख्या ४२ लाख ५९ हजार २५५ पुगेको छ । रुसमा पछिल्लो २४ घण्टामा दश हजार ८९९ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा सबैभन्दा बढी १३ लाख ६९ हजार ३८६ जना संक्रमित छन् । रुसमा भने पछिल्लो दश दिन यता लगातार दश हजार नयाँ संक्रमित दैनिक थपिदा बढी संक्रमित राष्ट्रको सूचीमा दोस्रो स्थानमा पुगेको छ ।
स्पेनमा दुई लाख २८ हजार ३० जना संक्रमित छन् । बेलायतमा दुई लाख २७ हजार ७४१ र इटालीमा दुई लाख २१ हजार २१६ जनामा संक्रमणको पुष्टि भएको छ । रुसबाहेक बेलायत र इटालीमा मृतकको संख्या ३० हजारभन्दा बढी छन् । अमेरिकामा ८२ हजार ३३९ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ । फ्रान्स र स्पेनमा मृतकको संख्या २६ हजार नाघेको छ ।
यद्दपी यूरोपेली राष्ट्रहरुको अपेक्षा रुसमा संक्रमितको मृत्यु दर थोरै पाइएको छ । रुसमा बुधबारसम्म दुई हजार ११६ जनाको मृत्यु भएको छ ।
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दमित्री पेश्कोभमा कोभिड–१९ को संक्रमणको पुष्टि भएको छ । प्रधानमन्त्री मिखाइल मिशुस्टिनपछि कोभिड–१९ बाट संक्रमित भएको उहाँ दोस्रो उच्च तप्काका व्यक्ति हुनुहुन्छ ।
मंगलबार मात्रै राष्ट्रपति पुटिनले लकडाउन खुकुलो बनाउन क्षेत्रलाई स्वतन्त्रता दिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?