logo
२०८१ असोज ७ सोमवार



स्पेनकी ११३ वर्षीया वृद्ध महिला कोरोनामुक्त

फिचर |
अन्तर्राष्ट्रिय |


स्पेनकी ११३ वर्षीया वृद्ध महिला कोरोनामुक्त


गोरखापत्र अनलाइन
काठमाडौँ, वैशाख ३१ गते । अधिकारीहरूले स्पेनका सबैभन्दा बढी उमेरकी महिला कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त हुनुभएको बताएका छन् । कोरोनामुक्त भएकी वृद्ध ११३ वर्षीया हुनुहुन्छ ।
मार्च महिनामा स्पेन लकडाउनमा जाँदा मारिया ब्रान्यासमा कोभिड–१९ को सङ्क्रमणको पुष्टि भयो । सामान्य लक्षण मात्रै देखिएको ब्रान्यासलाई आइसोलेशनमा राखिएको केही सातापछि निको हुनुभयो । उहाँले सन् १९१८–१९ को स्पेनिस फ्लुको महामारी र १९३६–१९३९ सम्मको स्पेनिस गृहयुद्ध हुँदै २०१९ को कोरोना भाइरसको प्रकोपमा थलिएपनि जिउँदै हुनुहुन्छ ।
“हजूरआमा निको हुनुहुन्छ, बोल्न र वर्णन गर्न चाहनुहुन्छ र उहाँ फेरि फर्किनुभएको छ ।”– बीबीसीले उहाँकी छोरीलाई उद्धत गर्दै लेखेको छ । सन् १९०७ मा मेक्सिकोमा जन्मिएर दुई वर्षपछि सैन फ्रान्सिस्को आएर पहिलो विश्वयुद्ध ताका पत्रकार बुवासँगै क्याटालन पुग्नुभयो । उहाँले तीन सन्तानलाई हुर्काउनुभयो । पहिलो ८६ वर्षका हुनुहुन्छ । जेठा सन्तानबाट उहाँले ११ जना नातीनातिनी पाउनुभएको छ । सबैभन्दा जेठा ६० वर्षीय हुनुहुन्छ । १३ जना पनाती छन् ।
करिब दुईदशक उहाँले ओलोट शहरको एक वृद्ध हेरचाह आश्रममा बिताउनुभएको छ । गत वर्ष उहाँले ला भानगार्जियासँगको कुराकानीमा जिउन अतिरिक्त आफूले केही गर्न नसकेको प्रतिक्रिया दिनुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?