logo
२०८१ मंसिर ९ आईतवार



कोरोना सङ्क्रमित महिला डिस्चार्ज, चितवन कोरोनामुक्त जिल्ला

फिचर |
स्वास्थ्य |
प्रदेश |


कोरोना सङ्क्रमित महिला डिस्चार्ज, चितवन कोरोनामुक्त जिल्ला


शालिग्राम नेपाल  
चितवन, वैशाख ३१ गते । कोरोना सङक्रमित चितवनकी ज्येष्ठ नागरिक महिला २७ दिनको अस्पताल बसाइपछि निको भएर डिस्चार्ज हुनुभएको छ ।
पूर्वी चितवनको राप्ति नगरपालिका–८, निवासी कोरोना भाइरस (कोभिड–१९) संक्रमित ६३ वर्षीया महिला भरतपुर अस्पतालबाट बुधबार डिस्चार्ज हुनुभएको हो । सोमबार र मङगलबार २४ घण्टाको फरकमा परीक्षण गरिएको दुई दिनको रिपोर्ट लगातार नेगेटिभ आएपछि उहाँमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएपछि डिस्चार्ज गरिएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले बताउनुभयो ।
अस्पतालबाट डिस्चार्ज भएपछि उहाँ दुई हप्ता घरमा नै क्वारेन्टाइनमा बस्नुपर्ने सुझाव दिइएको छ । यसअघि वैशाख ५ गते, ११ गते भरतपुर कोभिड–१९ प्रयोगशाला, १६ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ, २१ गते हेटौँडा र २७ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा पीसीआर प्रविधिबाट स्वाब परीक्षण गर्दा ती महिलामा पोजेटिभ आएको थियो ।

याे पनि हेर्नुहाेस्...

छिमेकी प्रदेशमा सङ्क्रमण बढेपछि गण्डकीमा उच्च सतर्कता

चितवनकी महिला डिस्चार्ज भएसँगै अब जिल्लामा कोही पनि कोरोना सङ्क्रमित छैनन् । पहिलो पटक कोरोना सङ्क्रमण पुष्टि भएकोसमेत गरेर उहाको सोमबार र मङ्गलबारको क्रमशः छैटौँ र सातौँ रिपोर्ट हो । उहाँलाई भरतपुर अस्पतालाको आइसोलेसन वार्डमा रहेको क्याबिनमा राखेर उपचार गरिएको थियो । कोरोना पोजेटिभ देखिए पनि उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
उहाँसँगै सङ्क्रमित देखिएका २७ वर्षीय छोराको भने दोस्रो र तेस्रो रिपोर्ट लगातार नेगेटिभ आएपछि निको भएर वैशाख १३ गते नै डिस्चार्ज गरिएको थियो । महिलाको वैशाख ३ गते गरिएको ¥यापिड टेस्टमा शङ्कास्पद देखिएपछि त्यही दिनदेखि आमा, छोरालाई नै भरतपुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो । चैत ३ गते बेलायतबाट नेपाल आउनुभएका उहाँहरू चैत ५ गते सार्वजनिक यातायात मार्फत काठमाडौँदेखि चितवन घरसम्म आउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?