logo
२०८१ मंसिर १२ बुधवार



प्रदेश ५ मा सङ्क्रमित संख्या ९१ पुग्यो, सङ्क्रमित अधिकांश भारतबाट आएका थिए

फिचर |
प्रदेश |


प्रदेश ५ मा सङ्क्रमित संख्या ९१ पुग्यो, सङ्क्रमित अधिकांश भारतबाट आएका थिए


दीपक ज्ञवाली
बुटवल, वैशाख ३१ गते । बुधबार साँझ मात्रै थप २१ जनामा कोरोना भाइरस देखिएपछि यो प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ९३ पुगेको छ । बुधबार मात्रै रुपन्देहीमा थप १२ जनामा कोरोना पुष्टि  भएको छ । यसमध्ये नौ पुरुष र महिला तीन जना छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख राजेन्द्र गिरीका अनुसार सङ्क्रमितमध्ये रुपन्देहीको गैडहवा गाउपालिकाका १० जना छन् । उनीहरू सबै भारतबाट लुकिछिपी आएका हुन् ।
अहिले नवदुर्गा माध्यमिक विद्यालयकाे क्वारेन्टीनमा राखिएको थियो । रुपन्देहीमा कोरोना पुष्टि भएका दुई जना जिल्लाबाहिरका हुन् । एकजना कपिलवस्तुको विजयनगर गाउपालिका २ का ३ दिन अघिदेखि भैरहवाको भीम अस्पतालमा उपचार गराइरहेका युवा हुन् । अर्का नवलपरासी पश्चिममा पण्डितको काम गर्ने भारतको गोन्डा जिल्ला उत्तरप्रदेशका २५ वर्षे युवा हुन् ।
उनको पनि ३ दिनअघिदेखि भैरहवाको भीम अस्पतालको आइसोलेसन अस्पतालमा उपचारका क्रममा कोरोना भेटिएको छ । कपिलवस्तुमा बुधबार साझ भेटिएका ८ जना नै कृष्णनगर नगरपालिकाका हुन् । उनीहरू भारतको मुम्बइबाट वैशाख २४ र २५ गते आएका थिए । नवलपरासी पश्चिममा एक जनामा कोरोना पुष्टि भएको छ । कपिलवस्तु र रुपन्देहीमा कोरोना पुष्टि भएका व्यक्तिको स्वाब प्रदेश प्रयोगशाला भैरहवामा परिक्षण गरिएकोे थियो ।
उनीहरूमा कोरोना भाइरस देखिएको सामाजिक विकास मन्त्रालयको सामाजिक महाशाखा प्रमुख उमाशङ्कर चौधरीले बताउनुभयो । अहिलेसम्म प्रदेश ५ का कपिलवस्तु, रुपन्देही, बाके बर्दिया र पश्चिम नवलपरासीमा कोरोना देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?