logo
२०८१ असोज ७ सोमवार



कोरोनाभाइरसले युरोपेली पर्यटन कम्पनीले आठ हजार कामदार कटौती गर्ने

फिचर |
अन्तर्राष्ट्रिय |


कोरोनाभाइरसले युरोपेली पर्यटन कम्पनीले आठ हजार कामदार कटौती गर्ने


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १ गते । युरोपको सबैभन्दा ठूलो पर्यटन कम्पनी टीयूआईले कोरोनाभाइरसको संङ्क्रमणले आठ हजार कामदार कटौती गर्ने जनाएको छ । कम्पनीले हन्नोभरस्थित आफ्नो मुख्य कार्यालयबाट बुधबार कामदार कटौतीको घोषणा गरेको हो ।
टीयूआईका प्रमुख कार्यकारी अधिकृत फ्रिज जौस्सनले महामारीको संकटपछि टीयूआई अझै बलियो र फरक तर नयाँ बजार वातावरण लिएर आउने बताउनुभयो । उहाँले भन्नुभयो, “संकटले लगानीसँगै कम्पनीको आकार र वैश्विक उपस्थितिमा कटौती गर्नुपर्ने भएको छ, हामी पहिलेको अपेक्षा अझै सोझो, प्रभावकारी, तेज र डिजिटल प्रबिधिमा आधारित हुनेछौं ।”
टीयूआई यात्रा सम्बन्धी गतिविधिहरु मध्य मार्चमा रोकेपनि सन् २०२० को पहिलो पाँच महिनासम्म प्रभावहीन रुपमा अगाडि बढेको थियो । टीयूआईले सन् २०१९ को अक्टोबरदेखि फेब्रुअरी २०२० सम्म कम्पनीको कारोबार छ प्रतिशतले छ अरब यूरोले बढेको जनाएको छ । जौस्सनले संकट अघि उत्कृष्ट अवस्थामा रहेको टीयूआई संकटपछि पनि आफ्नो लयलाई निरन्तरता दिन यस प्रकारको निर्णय गर्न लागेको खुलाउनुभएको छ । टीयूआईले जर्मनी र यूरोपमा यात्राको गतिविधि छिट्टै सञ्चालन गर्ने योजना बनाएको छ । उसले दश बुँदे निर्देशिका जारी गरी अगाडि बढ्न आफूसँग सम्बन्धित कामदार र सहयोगी कम्पनीलाई आग्रह गरेको छ ।

टीयूआईले नयाँ गन्तब्य पहिचान गर्नुका साथै विदा यामलाई परिवर्तन गरी डिजिटल प्रबिधिमा आधारित रहेर काम गर्ने समाचार संस्था सिन्हवाले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?