logo
२०८१ असोज ७ सोमवार



विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोनाको सङ्क्रमण

फिचर |
अन्तर्राष्ट्रिय |


विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोनाको सङ्क्रमण


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ २ गते । विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोभिड–१९ को सङ्क्रमणको पुष्टि भएको छ । बङ्गलादेशस्थित रोहिंग्या शरणार्थी शिविरका दुईजनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको हो ।
करिब दश लाख शरणार्थी बस्दै आएको बङ्गलादेशको नाविक बजारस्थित शिविरमा पहिलो दुई सङ्क्रमितको पुष्टि भएको बीबीसीले उल्लेख गरेको छ । बङ्गलादेशका एकजना सरकारी चिकित्सकका अनुसार सङ्क्रमितलाई अलग्याएर उनीहरुको सम्पर्कमा आएका हुनसक्ने एक हजार ९०० शरणार्थीलाई परीक्षणका लागि शिविरबाट अलग गरिएको छ ।
नाविक बजारस्थित भिडभाडयुक्त शिविरका शरणार्थी मार्च १४ यता लकडाउनमा बसेका छन् । बङ्गलादेशमा सेभ द् चिल्ड्रेनका निर्देशक डा शमीम जहानले सङ्क्रमण फैल्दा कोभिड–१९ बाट हजारौँ व्यक्तिको मृत्यु हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर सतर्कताका उपाय अपनाइएको बताउनुभयो ।
उहाँले महामारी निम्तिए बङ्गलादेशलाई दशकौँ पछाडि धकेल्ने टिप्पणी गर्नुभयो । अन्तर्राष्ट्रिय उद्धार समिति, बङ्गलादेशका निर्देशक मनिष अग्रवालले शरणार्थी शिविरमा प्रतिवर्गकिलोमिटर ४० देखि ७० हजार शरणार्थी बस्दै आएको बताउनुभयो । “डायमण्ड प्रिन्सेज जहाजका यात्रीको १.६ गुणा बढी जनघनत्व शरणार्थी शिविरको छ, वुहानको सङ्क्रमण दरको चार गुणा तीव्ररुपमा जहाजमा सङ्क्रमण फैलिएको थियो ।”– रोयर्टससँगको कुराकानीमा अग्रवालले खुलाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?