logo
२०८१ असोज ७ सोमवार



चिनियाँ राजदूत इजरायलमा मृत्त फेला

फिचर |
अन्तर्राष्ट्रिय |


चिनियाँ राजदूत इजरायलमा मृत्त फेला


गोरखापत्र अनलाइन
काठमाडौनँ, जेठ ४ गते । इजरायलका लागि चिनियाँ राजदूत दु वेई मृत फेला परेका छन् । इजरायलको तेल अबिवस्थित आफ्नो आवासमा उहाँको शव फेला परेको स्थानीय सञ्चारमाध्यम र प्रहरीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
उहाँको मृत्युकाे कारण अझै खुल्न सकेको छैन । आवासको आफ्नो शयन कक्षमा उहाँ मृत्त अवस्थामा फेला पर्नुभएको हो । ५७ वर्षीय दु गत फेब्रुअरीमा इजरायलका लागि राजदूत नियुक्त हुनुभएको थियो । त्यसअघि उहाँ यूक्रेनमा कार्यरत हुनुहुन्थ्यो ।
राजदूतको श्रीमती र एक छोरा रहेपनि दुवै जना इजरायल बाहिर छन् । इजरायली प्रहरीका प्रवक्ताले रोयर्टससँगको कुराकानीमा नियमित प्रकृया अपनाउन प्रहरी घटनास्थलमा रहेको बताएका छन् । इजरायलस्थित च्यानल १२ टीभीका अनुसार प्रारम्भिक अनुसन्धान बमोजिम राजदूत दुको सुतेकै अवस्थामा प्राकृतिक रुपले निधन भएको हो ।
अमेरिकी स्टेट सेक्रेटरी माइक पम्पियो बिहिबार इजरायलको भ्रमण गर्दा कोरोनाभाइरस महामारीबारे चिनियाँ नीतिको आलोचना गर्नुभएको थियो । पम्पियोको आलोचनामाथि इजरायलस्थित चिनियाँ दूतावासले शाब्दिक आक्रमण गरेको थियो । पोम्पियोको भाइरसको सङ्क्रमणबारे चीनले ढाकछोप गरेको टिप्प्णीको दूतावासले निन्दा गरेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?