logo
२०८१ मंसिर १२ बुधवार



देश लकडाउनमा, किसानलाई बाली भित्र्याउने चटारो (फोटो फिचर)

फिचर |
पढ्नै पर्ने |


देश लकडाउनमा, किसानलाई बाली भित्र्याउने चटारो (फोटो फिचर)
शब्द/तस्बिरः सुजन गुरूङ्ग/गोरखापत्र


काठमाडौँ, जेठ ६ गते । नेपालमा कोरोना भाइरसको सङ्क्रमण र यसको नियन्त्रणका लागि सरकारद्वारा आह्वान गरिएको देशव्यापी लकडाउन चैत्र ११ गतेबाट शुरु भई हाल लकडाउनले ५७ औँ दिन पार गरिसकेको छ । यस अवधिमा अत्यावश्यकबाहेकका सम्पूर्ण क्षेत्रहरू बन्द नै रहेका छन् । किसानका लागि अन्न बाली भित्र्याउने र अर्को खेतीका लागि बीउ राख्ने समय भएकाले उनीहरू प्रायः आफ्नो खेतबारीमा देखिन्छन् । हिजो ललितपुरको दक्षिणी भेग छम्पी पुग्दा किसान अन्नबाली भित्र्याउने चटारोमा देखिए । उनीहरू आ-आफ्ना खेतबारीमा व्यस्त थिए ।

यस महामारीको समयमा समेत खेतबारीमै काम गरिरहेका उनीहरू कोरोना सङ्क्रमणको त्रासभन्दा पनि आफ्नो बालीमा बालीनाशक कीराको सङ्क्रमण हुन्छ कि भन्ने त्रासमा थिए । त्यसैले होला, एकजना बुढीआमा आफूले राखेको धानको बीउ हेर्दै टोलाइरहनु भएको थियो । यसैगरी अन्य किसानहरू पनि काटेको गहुँको भारी बोकेर घरतर्फ जान उकालो लागिरहेका थिए भने केही किसान गहुँ खेतमै छाटिरहेका देखिन्थे, कोही खेत जोतिरहेका थिए । मलाइ भने यी सम्पूर्ण दृश्यले महामारीको रुप लिइरहेको कोरोना भाइरसको त्रासबाट धेरै टाढा पु-याएको थियो ।

शब्दः तस्बिरः सुजन गुरूङ्ग/गोरखापत्र

 

शब्द/तस्बिरः सुजन गुरूङ्ग/गोरखापत्र

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?