logo
२०८१ मंसिर १० सोमवार



कपिलवस्तुमा दुई जना पत्रकार सङ्क्रमित

फिचर |
स्वास्थ्य |


कपिलवस्तुमा दुई जना पत्रकार सङ्क्रमित


दीपक ज्ञवाली
बुटवल, जेठ ९ गते । कोरोना सङ्क्रमण बढिरहेको कपिलवस्तुमा दुई जना पत्रकार पनि सङ्क्रमित हुनुभएको छ । शुक्रबार थपिएका नौ जनामध्ये दुई जना स्थानीय पत्रकार पनि रहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।
उहाँहरू २४ र २९ वर्षका हुुनुहुन्छ । कपिलवस्तुमा अहिलेसम्म ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?