logo
२०८१ मंसिर १२ बुधवार



रुपन्देहीका सात सङ्क्रमित भारतबाट आएका थिए

फिचर |
प्रदेश |


रुपन्देहीका सात सङ्क्रमित भारतबाट आएका थिए


दीपक ज्ञवाली
बुटवल, जेठ ९ गते । रुपन्देहीको गैडहवा गाँउपालिकामा आज सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट उनीहरूमा सङ्क्रमण भेटिएको हो ।
सङ्क्रमित सबै भारतको मुम्बइ र दिल्लीबाट आएका हुन् । उनीहरू सबै पुरुष हुन् । १२ दिनअघिदेखि गाउपालिकाले बनाएको क्वारेन्टाइनमा रहेका थिए । गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटका अनुसार सङ्क्रमण देखिएका छ व्यक्ति जोगडा मावि र एक जना नवदुर्गा माविको क्वारेन्टाइनमा बसेका छन् ।
यसअघि यही गाउँपालिकामा १० जनामा कोरोना भाइरस देखिइसकेको छ ।
यसैबीच प्रदेश सभा ५ का २ प्रदेशसभा सदस्यसहितका ११ कर्मचारीको आरडिटी परिक्षणमा पोजिटिभ देखिए पनि पिसिआर रिपोर्ट नेगेटिभ देखिएको छ । शुक्रबारदेखि सुरु भएको बजेट अधिवेशनलाई लक्ष्यित गरी हिजो कोरोना परीक्षण गरिएको प्रदेश सभाको कार्यालयका प्रवक्ता श्याम श्रेष्ठले बताउनुभायो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?