logo
२०८१ असोज ७ सोमवार



भारत कोरोना सङ्क्रमणबाट दशौं सबैभन्दा बढी प्रभाबित राष्ट्र

फिचर |
अन्तर्राष्ट्रिय |


भारत कोरोना सङ्क्रमणबाट दशौं सबैभन्दा बढी प्रभाबित राष्ट्र


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १२ गते । भारत कोरोनाभाइरसको सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित हुने दश राष्ट्र अन्तगर्त परेको छ । भारतमा पछिल्लो एक साता यता दैनिक रुपमा छ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिदै आएका छन् ।
भारतीय अखबार हिन्दूस्तान टाइम्सको अनलाइन संस्करणका अनुसार पछिल्लो २४ घण्टामा भारतमा छ हजार ९७७ जना नयाँ सङ्क्रमित थपिएका छन् । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको संख्या एक लाख ३८ हजार ५३६ पुगेको छ । पछिल्लो पटक थपिएका नयाँ सङ्क्रमितको संख्याले भारतलाई इरानभन्दा माथि पुर्याउनुका साथै दशौं सबैभन्दा बढी प्रभाबित राष्ट्र बनाएको छ । भारतमा हालसम्म सङ्क्रमणबाट चार हजार २० जनाले ज्यान गुमाएका छन् । ५७ हजार ५२९ जना निको भएका छन् ।
भारतमा ७६ हजार ८२० जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय छन् । पछिल्लो चौबिस घण्टामा भारतमा कोरोना सङ्क्रमित १५३ जनाले ज्यान गुमाएका छन् । आईतबार १३४ जनाको मृत्यु दत्र्ता गरिएको थियो ।
भारतमा सबैभन्दा बढी प्रभाबित राज्य महाराष्ट्र हो । छ हजार ५६६ जना नयाँ सङ्क्रमित थपिदा महाराष्ट्रका मात्रै तीन हजार ४१ जना छन् । तामीलनाडू र नयाँ दिल्ली त्यसपछिका प्रभाबित राज्य हुन ।
अमेरिका, रुस, इटाली, स्पेन, फ्रान्स र ब्राजिल कोरोनाभाइरस सङ्क्रमणले सबैभन्दा बढी प्रभाबित राष्ट्रहरु हुन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?