logo
२०८१ बैशाख ६ बिहीवार



बुटवलको एन्फा एकेडेमीमा आइसोलेसन सेन्टर बनाइयो

फिचर |
प्रदेश |


बुटवलको एन्फा एकेडेमीमा आइसोलेसन सेन्टर बनाइयो


दीपक ज्ञवाली
बुटवल, जेठ १२ गते । कोरोना सङ्क्रमित थपिँदै गएपछि प्रदेश सरकारले आइसोलेसन कक्षहरू पनि बढाउने रणनीति अपनाएसँगै विभिन्न जिल्लामा आइसोलेसन केन्द्रहरू स्थापना हुने क्रम बढेको छ ।  आइसोलेसन केन्द्रका रूपमा खेलकुद क्षेत्रका संरचनाहरू पनि प्रयोग हुन थालेका छन् ।

पछिल्लो पटक बुटवलस्थित एन्फा एकेडेमीको भवनलाई आइसोलेसन केन्द्र बनाइएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशङ्कर चौधरीका अनुसार बुटवलको एन्फा एकेडेमीमा समेत सोमबारदेखि आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ । यो केन्द्र बुटवल उपमहानगरपालिकाको विशेष पहलमा स्थापना भएको हो । उपमहानगर प्रमुख शिवराज सुवेदीका अनुसार सञ्चालनमा आएको पहिलो दिन नै १७ जना सङ्क्रमितलाई राखिएको छ ।

एन्फा एकेडेमी, बुटवलका अध्यक्ष कुमार केसीले कोरोनाविरुद्ध खेल क्षेत्रले पनि योगदान गर्ने निर्णय अनुसार आइसोलेसन केन्द्र बनाउँदा खुसी लागेकाे बताउनुभयो । यसअघि काठमाडाैँ र ललितपुरका खेल संरचनाहरू कोरोनाविरुद्ध परिचालित छन् ।

चार वटा कोरोना विशेष आइसोलेसन अस्पतालहरू सञ्चालनमा रहेको यो प्रदेशमा हरेक जिल्लामा आइसोलेसन केन्द्रहरू स्थापना गर्ने तयारी छ । सङ्क्रमणको जोखिममा रहेको कपिलवस्तुमा छिट्टै तीन वटा आइसोलेसन सञ्चालनमा आउँदैछन् । पाल्पा, गुल्मी, अर्घाखाँचीलगायत जिल्लामा पनि केन्द्र स्थापना र विस्तारको तीव्र तयारी छ ।

प्रदेश सरकारको निर्देशनपछि क्वारेन्टाइनकाे क्षमता थप गरिँदैछ । प्रदेशका विभिन्न जिल्लाहरूमा आइसाेलेसन र क्वारेन्टाइनहरू स्थापना र विस्तारको क्रम बढेको छ । पाल्पाको लुम्बिनी मेडिकल कलेज, प्रभासकाे छात्रावास भवनमा कोभिड पोजेटिभ आइसोलेसन केन्द्र बनाउने तयारी गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?