logo
२०८१ असोज ८ मंगलवार



चीनले भारतबाट आफ्ना नागरिक फर्काउँदै

फिचर |
अन्तर्राष्ट्रिय |


चीनले भारतबाट आफ्ना नागरिक फर्काउँदै


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ १३ गते । चीनले भारतमा समस्यामा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने भएको छ । चीनले विद्यार्थी, पर्यटक, व्यापारीसहित समस्यामा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो ।

भारतीय अखबार द इन्डियन एक्सप्रेसको अनलाइन संस्करणका अनुसार भारतस्थित चिनियाँ दूतवासले एक सूचना प्रकाशित गरी स्वदेश फर्किन चाहनेलाई विशेष विमानको टिकट सुनिश्चित गर्न आग्रह गरेको छ । भारत कोरोनाभाइरस सङ्क्रमणको दशौँ सबैभन्दा बढी प्रभावित राष्ट्र बनेपछि चीनले आफ्ना नागरिक फर्काउन लागेको हो । उक्त सूचनामा पछिल्लो १४ दिनमा ज्वरो तथा खोकीको लक्षण भएका बिरामीलाई भने विशेष विमानमा स्थान नपाउने प्रष्ट्याइएको छ ।

यसअघि भारतले चीनबाट आफ्ना ७०० नागरिकलाई गत फेब्रुअरी महिनामा बढ्दो सङ्क्रमणका बीच स्वदेश फर्काएको थियो । चिनियाँ नागरिकलाई स्वदेश फर्काउन भारतको विदेश मन्त्रालय, विभाग तथा चिनियाँ कूटनीतिक नियोगले आवश्यक पहल गर्ने समाचारमा उल्लेख गरिएको छ ।

चीनको वुहान शहरमा पहिलोपटक फेला परेको कोरोनाभाइरस विश्वका १९० राष्ट्रमा फैलिएकाे छ । यसबाट ५४ लाख व्यक्ति सङ्क्रमित भएका छन् । तीन लाख ४० हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?