logo
२०८१ मंसिर ७ शुक्रवार



अमेरिकी कम्पनीद्वारा अष्ट्रेलियामा कोरोनाभाइरसको खोप परीक्षण

फिचर |
अन्तर्राष्ट्रिय |


अमेरिकी कम्पनीद्वारा अष्ट्रेलियामा कोरोनाभाइरसको खोप परीक्षण


क्यानबेरा, जेठ १४ गते। संयुक्तराज्य अमेरिकाको एक बायोटेक्नोलोजी कम्पनीले यसै वर्षको अन्त्यसम्ममा कोरोनाभाइरसको प्रामाणिक खोप तयार गर्ने आशाका साथ अष्ट्रेलियामा एक व्यक्तिलाई सुई लगाएर खोप कार्यक्रमको शुभारम्भ गरेको छ ।

अमेरिकी कम्पनी नोभाभाक्सले परीक्षणको पहिलो चरणमा अस्ट्रेलियामा १३१ जना स्वयंसेवीलाई खोप दिनेछ र यसको प्रभावकारिताका संकेतहरूको जाँच गर्नेछ, कम्पनीका अनुसन्धान प्रमुख डा ग्रेगरी ग्लेनले बताउनुभयो ।

कोरोनाभाइरस विरुद्ध विश्वभर एक दर्जन प्रयोगात्मक खोपहरू परीक्षणका क्रममा रहेका छन् । प्रायः यी खोपहरू चीन, अमेरिका र युरोपमा परीक्षण भइरहेका छन् । तर अहिलेसम्म कुनै पनि खोप सुरक्षित र प्रभावी साबित भइसकेका छैनन् । यी खोप निर्माणमा भिन्न तरिका र उच्च प्रविधि अपनाइएका छन् ।

ग्लेनले नोभाभाक्सको मुख्यालय मेरिल्यान्डबाट भर्चुअल पत्रकार सम्मेलन गर्दै भन्नुभयो, “हामी समानान्तर डोज बनाउँदैछौं र हामीले यस वर्षको अन्तमा खोप सार्वजनिक प्रयोगमा ल्याउन सक्षम हुनेछौं ।” पशुहरूमा गरिएको परीक्षणमा खोपको न्यून डोज प्रभावकारी देखिएको छ । उहाँले नोभाभाक्सले यस वर्ष कम्तिमा १० करोड डोज र अर्को वर्ष सन् २०२१ भित्रमा १।५ अर्ब डोज उत्पादन गर्न सकिने बताउनुभयो ।

ग्लेनले भन्नुभयो, “एनभिएक्स–कोभ२३७३ नाम दिइएको यस खोपको उत्पादन गर्न गत मार्चयता नर्वेस्थित एक संस्थाले मार्च महिनायता ३८ करोड ८० लाख डलर लगानी गरेको छ ।” मेलबोर्न र ब्रिस्बेनमा क्लिनिकल परीक्षणको पहिलो चरणको नतिजा जुलाईमा प्राप्त हुने अपेक्षा गरिएको नोभाभाक्सले जनाएको छ । धेरैवटा मुलुकका अरु हजारौं व्यक्तिलाई दोस्रो चरणमा समावेश गरिनेछ ।
अस्ट्रेलियाको सहयोगी संस्था न्यूक्लियस नेटवर्कका संक्रामक रोग विशेषज्ञ पल ग्रिफिनले मेलबोर्नमा छ जना स्वयंसेवीलाई खोप दिएर कार्यक्रम शुभारम्भ गरिएको जानकारी दिनुभयो । नोभाभाक्सका पदाधिकारीले गत महिना एसोसिएटेड प्रेससँगको भेटमा “हाम्रो खोप बनाउने तरिका भिन्न छ, हामी भाइरसलाई कहिल्यै छुँदैनौं” भनेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप