कमल शर्मा
दैलेख,जेठ १५ गते । दैलेखमा थप आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा बिहीबार कोरोना पुष्टि भएका नारायण नगरपालिका - १ का २६ वर्षीय पुरुष, नारायण - ३ का १९, ३०, ३६, ४० पुरुष, नारायण - ४ का एक वर्षीय बालक २०, वर्षीया महिला र नारायण - ५ का १५ वर्षीय पुरुष रहेका छन् । योसँगै कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ४६ पुगेको छ भने दैलेखमा मात्र १६ जना सङ्क्रमित पुगेकाे सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।
यसअघि कोरोना पुष्टि भएका नारायण नगरपालिकाका २ जना डुङ्गेश्वर गाउपालिकाका तीन जना आठबीस नगरपालिकाका एक जना र गुराँस गाउँपालिकाका २ जना रहेका छन् भने बिहीबार पुष्टि भएका ८ जना पनि नारायण नगरपालिकाका रहेका छन ।