कमल शर्मा
दैलेख,जेठ १७ गते । क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । मृतक दैलेखको दुल्लु नगरपालिका वडा नं. ११ खागितडाका ३५ वर्षीय पुरुष हुनुहुनछ । दुल्लु अस्पतालका प्रमुख डा. पुजा बिसीले ३५ वर्षीय ती युवाको मृत्यु भएको पुष्टि गर्नुभएको छ ।
उहाँ जेठ ९ गते उनी भारतबाट आउनुभएकाे र भारतदेखि आएका कारण उहाँसहितको समूहलाई विद्युत प्राधिकरणको सबस्टेशन भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको थियो । दुल्लु नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष लालबहादुर रावतले उहाँले बिहान चिया र बिस्कुट खानुभएको र केही बेरमा त्यही ढलेको बताउनुभयो । उहाँको १५ गते कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाठइएको थियो । उहाँको स्वाब जाँचको रिपाेर्ट आज आउने जनाइएको छ ।