logo
२०८१ मंसिर १० सोमवार



कपिलवस्तु र रूपन्देहीका चार सङ्क्रमित निको भएर घर फर्किए

फिचर |
स्वास्थ्य |


कपिलवस्तु र रूपन्देहीका चार सङ्क्रमित निको भएर घर फर्किए


दीपक ज्ञवाली
बुटवल, जेठ १८ गते । कोरोना सङ्क्रमितहरू निको भएर घर फर्किने क्रम बढेको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप चार जना सङ्क्रमित आइतबार डिस्चार्ज भएका हुन् ।

यसअघि यही अस्पतालमा उपचार गरिएका ११ जना सञ्चो भएर भर फर्किएका थिए । आज डिस्चार्ज भएकाहरू कपिलवस्तु र रुपन्देहीका हुन् । अस्पतालमा ल्याएपछि तीन पटक कोरोना परीक्षण गरिएको थियो । लगातार दुई पटकको परीक्षणकाे नतिजामा सङ्क्रमण नदेखिएपछि उनीहरूलाई डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट  डा. राजेन्द्र खनालले बताउनुभयो ।

बुटवलको कोरोना अस्पतालमा अब ३२ जना सङ्क्रमित उपचाररत छन् । एक जनाबाहेक सबैकाे स्वास्थ्य अवस्था सामान्य भएको अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?