logo
२०८१ मंसिर १० सोमवार



दाङमा सङ्क्रमित दुई स्वास्थ्यकर्मीसहित नौजना अस्पताल भर्ना

फिचर |
स्वास्थ्य |


दाङमा सङ्क्रमित दुई स्वास्थ्यकर्मीसहित नौजना अस्पताल भर्ना



दीवाकर पोख्रेल
देउखुरी, जेठ १८ गते । दाङमा क्वारेन्टाइनमा खटिएका दुई जना स्वास्थ्यकर्मीसहित नौ जनामा कोरोना सङ्क्रमण देखिएपछि उपचारको लागि अस्पताल लगिएको छ । गढवा गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा खटिएका दुई जना पुरुष स्वास्थ्यकर्मीमा कोरोना देखिएको र उनीहरूलाई कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको गढवा स्वास्थ्य शाखाले जनाएको छ ।

लमही नगरपालिका वडा नं. १ निवासी ४० वर्षीय र राप्ती गाउँपालिका वडा नं. ८ निवासी ३६ वर्षीय स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएको हो । गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले दुवै स्वास्थ्यकर्मीलाई पहिले देखि नै गढवामै क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

अहिले दुवै स्वास्थ्यकर्मीलाई कोरोना विशेष अस्पतालमा लगिएको छ ।
यस्तै गढवा गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा गढवा–६ निवासी ३६, गढवा–७ निवासी २४ वर्षीय पुरुष व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो । दुवै जना भारतबाट आएर क्वारेन्टाइनमा बसेकामध्ये रहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?