logo
२०८१ मंसिर १३ बिहीवार



नवलपरासीमा थपिए तीन सङ्क्रमित, गण्डकीमा सङ्क्रमितको सङ्ख्या २७ पुग्यो

फिचर |
प्रदेश |


नवलपरासीमा थपिए तीन सङ्क्रमित, गण्डकीमा सङ्क्रमितको सङ्ख्या २७ पुग्यो


चन्द्रप्रकाश शर्मा
पोखरा, जेठ १९ गते । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड - १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या २७ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार सोमबार बिहान थप तीन जानामा सङ्क्रमणा पुष्टि भएसँगै गण्डकी प्रदेशका ६ जिल्लामा कोभिड १९ को सङ्क्रमित सङ्ख्या २७ पुगेकाे हाे ।
गण्डकी प्रदेशका ११ जिल्लामध्ये बागलुङमा ८ जना, स्याङ्जामा सात जना, नवलपरासीमा नाै जना, तनहुँमा एक, म्याग्दीमा एक र लमजुङमा एक जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित पुष्टि भएका अधिकांश विदेशबाट आएकाहरू रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयकाअनुसार गण्डकी प्रदेशका विभिन्न जिल्लामा सङ्कलन गरिएको स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको प्रयोगशाला तथा भरतपुर अस्पताल चितवनको प्रयोगशालामा परीक्षण गरिँदै आएको छ । सङ्क्रमित २७ जनामध्ये हालसम्म तीन जना निको भएर घर फर्किएका छन् । चैत पहिलो साता बेल्जियमबाट आएका बागलुङका १९ वर्षीया युवती, ६५ वर्षीया महिला र लमजुङ स्थायी घर भई काठमाडौँमा सङ्क्रमण पुष्टि भएका तीन वर्षीय बालक निको भई घर फर्किसकेका छन् ।
गण्डकी प्रदेशमा भारतबाट फर्कनेको सङ्ख्या बढ्दै गएपछि परीक्षणको दायरासमेत बढाउन थालिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार आइतबारसम्म तीन हजार ४९३ जनाको स्वाब नमूना सङ्कलन गरिएकोमा तीन हजार ५४ जनामा कोरोना सङ्क्रमण नदेखिएको र ४१५ जनाको रिपोर्ट आउँन बाँकी रहेको छ ।
पछिल्लो पटक कोरोना सङ्क्रमण पुष्टि भएका पूर्वी नवलपरासीका तीनै जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार बिहान कावासोती नगरपालिका ठेगाना भई नगरपालिकाको क्वारेन्टाइनमा बसेका २२ र ३६ वर्षका दुई पुरुष र विनयत्रिवेणी गाउँपालिकाको ठेगाना भई सोही गाउँपालिकाको क्वारेन्टाइनमा बसेका १४ वर्षका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?