गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ २२ गते । नेपालमा थप एक जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ ।
पाल्पाको पूर्वखोला गाउँपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु जेठ २० गते भएको र स्वाब परीक्षण रिपोर्टमा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयाे ।