नेत्र शाही
जुम्ला जेठ २३ गते । जुम्लामा क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका वडा नं ८ धुपी ढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टाइनमा रहेका व्यक्तिको मृत्यु भएको खबर आएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो । उहाँका अनुसार ती व्यक्ति हिजै बाहिरबाट आएका भन्ने खबर आएको छ । प्रहरी त्यहाँ पुगिसकेको र मृतककाे स्वाब र अन्य जानकारी लिन बाँकी रहेको छ । अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली त्यहाँ जाने तयारी गरेको उहाँले जानकारी दिनुभयो
जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार मृतक वडा नं ८ का बासिन्दा भन्ने सुन्नमा आएको र आफू घटनास्थलमा जाँदै गरेको बताउनुभयाे । मृतक बर्दियामा बसोबास गरेका र दमको रोगी भएका भन्ने खबर आएको जानकारी दिनुभयो ।