गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ २४ गते । काठमाडौँ महानगरपालिकामा चार जना कोरोना भाइरस (कोभिड-१९) का सङ्क्रमित भेटिएका छन् ।
दुई महिला र दुई पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा बताइएकाे हो ।
उहाँहरू २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष हुनुहुन्छ ।
काठमाडौं स्थायी ठेगाना भएका १८ र ३८ वर्षीय दुईजना पुरुषमा पनि सङ्क्रमण देखिएको छ । उहाँहरु दुबैजना हाल कन्चनपुरमा रहनुभएका छन् ।
यस्तै भक्तपुर, कमलविनायकका एक जना ३१ वर्षीया महिलालाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।