logo
२०८१ मंसिर १३ बिहीवार



सल्यानमा थपिए ३८ सङ्क्रमित, सङ्क्रमितको संख्या ९२ पुग्यो

फिचर |
प्रदेश |


सल्यानमा थपिए ३८ सङ्क्रमित, सङ्क्रमितको संख्या ९२ पुग्यो



प्रतीक इच्छुक शर्मा
सल्यान, जेठ २४ गते । सल्यानमा थप ३८ जनामा कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका ३८ जना रिर्पोट पोजिटिभ आएको हो ।

दुईजना महिलासहित सल्यानको बन्गाड कुपिण्डे नगरपालिकामा ३८ जना सङ्क्रमित भेटिएका हुन् । जसमा बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १ का १८, २० र ३४ वर्षीय ३ जना, वडा नम्बर २ मा २० र २१ वर्षीय एकरएक जना महिला पुरुष, वडा नम्बर ३ मा वडा १४, १८, २४, २४, ३२, ३४, ३४, ३८, ४०, ४२, ४२ र ५७ वर्षीय ११ जना भेटिएका छन् ।

यस्तै, बन्गाड कुपिण्डे नगरपालिकाको वडा नम्बर ४ मा २०, २१, ३०, ३०, ४२, ५५ वर्षीय ६ जना, वडा नम्बर ५ मा १९, २० र २१ वर्षीय एक महिला सहित ३ जना, वडा नम्बर ६ मा १९, २०, २०, २०, २४, २४, २४, ३१, ३६ र ४० वर्षीय १० जना र वडा नम्बर ७ मा १९, २५ र २५ वर्षीय ३ जना भेटिएका हुन् ।

यस सँगै बन्गाड कुपिण्डे नगरपालिकामा कोरोना सङ्क्रमितको संख्या ८० पुगेको छ । यस्तै जिल्लाभर सङ्क्रमितको सङ्ख्या ९२ जना पुगेको छ । शनिबार एकैदिन ३८ जना सङ्क्रमति थपिएसँगै सल्यानमा सङ्क्रमितको सङ्ख्या ९२ पुगेको छ । सङ्क्रमित मध्ये बनगाड कुपिण्डे नगरपालिकाका ४२, दार्मा गाउँपालिकाका ९, कुमाख गाउँपालिकाका २ र कपुरकोट गाउँपालिकाका १ जना रहेको छन् ।

सङ्क्रमितहरु मध्ये १३ जनाको सुर्खेत प्रदेश अस्पताल, १२ जना सल्यान अस्पताल र वाँकी ५७ जनाको सल्यान बहुमुखी क्याम्पसमा निर्माण गरिएको आइसोलेसनमा उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?